ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपालाई कार्यकर्ता समेट्न मुश्किल


admin

दुई मुख्य वामपन्थी दलको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निश्चित मापदण्डमा कार्यकर्तालाई समेट्नै कठिन परेको छ ।

नेकपा पाँचथरले आज फिदिममा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टीका गाउँ/नगर कमिटीका सदस्यसम्मलाई सहभागी गराइएको थियो । तर विगतमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्तासमेत उक्त मापदण्डमा नसमेटिएपछि कार्यक्रममा सहभागी गराउन नेकपालाई सकस परेको देखियो ।

जिल्लास्तरमा विभाग तथा आयोग नबनेको तथा भ्रातृ तथा जनवर्गीय सङ्गठन निर्माण नहुँदा धेरै कार्यकर्ता समेट्ने आधार नभएको नेकपाले बताएको छ ।तत्कालीन नेकपा एमालेतथा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी तथा गाउँ÷नगर कमिटीका कतिपय पदाधिकारी तथा सदस्यलेसमेत हालसम्म जिम्मेवारी पाउन सकेका छैनन् । तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका पूर्वमन्त्री श्रीप्रसाद जवेगुले हालसम्म कुनै पनि जिम्मेवारी पाउनुभएको छैन । अर्का तत्कालीन पोलिटब्युरो सदस्य नरबहादुर दुलालसमेत जिम्मेवारीविहीन हुनुहुन्छ । तत्कालीन एमालेका राष्ट्रिय परिषद् सदस्य गणेशकुमार काम्बाङ, जिल्ला नेता थुमनाथ चापागाईं जिम्मेवारीविहीन हुनुहुन्छ । नेकपा पाँचथरका कार्यालय सचिव पृथ्वी लावतीका अनुसार विगतमा दुई पार्टीका जिल्ला कमिटीका केही सदस्यले गाउँ÷नगर कमिटीमा समेत जिम्मेवारी पाएका छैनन् ।

यस्तै सक्रिय नेताले कार्यकारी जिम्मेवारी नपाउँदा नेकपामा जिल्लास्तरमा खटपटसमेत देखिने गरेको छ । जिल्लाबाट नेकपाका ११ जना प्रदेश कमिटी सदस्यमध्ये राजकुमार भण्डारी जिल्ला अध्यक्ष, होमबहादुर जवेगु जिल्ला सचिव हुनुहुन्छ । बाँकी नौ जना नेताहरुले कार्यकारी जिम्मेवारी पाएका छैनन् । गाउँ÷नगर कमिटीका पदाधिकारी तथा जनप्रतिनिधि बाहेकका सदस्य बेरोजगार जस्तै हुनुपरेको जिल्ला कमिटी सदस्य राजन खतिवडाको गुनासो छ ।

आजको कार्यक्रममा नेताहरुले अतिथिको रुपमा आमन्त्रण गरिए पनि कतिपय कार्यकर्ताले आफूहरु पार्टी मापदण्डमा नपरेको भन्दै असन्तुष्टि जनाएका थिए । पार्टीले कतिपयलाई स्वयंसेवकका रुपमा कार्यक्रममा सहभागी गराएको थियो भने कतिपय कार्यकर्ता कार्यक्रममै सहभागी नभई बसेका थिए । दुई पार्टीको एकतापछि जिल्लास्तरमा कुनै पनि सार्वजनिक कार्यक्रम नभएको भन्दै कतिपय कार्यकर्ताले आमसभा गरिनुपर्ने मागसमेत गरेका थिए ।

यस्तै यहाँका तीन स्थानमा उपनिर्वाचन हुन लागेकाले वर्तमान सरकार सञ्चालन गरिरहेको पार्टीको शीर्ष नेतृत्वले स्थानीयका गुनासा सुन्नुपर्ने कार्यकर्ताले माग गरेका थिए ।नेकपा जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णुप्रसाद पौडेलसँग जिम्मेवारी नपाएका नेता कार्यकर्ता जिम्मेवारी दिन आग्रह गर्नुभयो । “लामो समयदेखि जिम्मेवारी नहुँदा नेता कार्यकर्तामा आलस्य पैदा हुँदै गएको छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “सबैलाई चाँडोभन्दा चाँडो जिम्मेवारी दिएर पार्टी निर्माणमा जोड्नुपर्ने आवश्यकता छ ।”

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको बाँकी काम सम्पन्न गर्न ढिलाइ भए पनि अब लामो समय नलाग्ने बताउनुभयो । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले तीन महीनामा सम्पन्न गर्नुपर्ने एकताको काम १७ महीनामा पनि नसकिएको भन्दै आफूहरुलाई आत्मग्लानी भएको बताउनुभयो ।“एक वर्षमा एकता सम्पन्न होला भन्ने थियो । यति लामो समय लम्बिँदा हामीलाई पनि अप्ठ्यारो भएको छ”, पौडेलले भन्नुभयो । महासचिव पौडेलले अब केही दिनमा केन्द्रदेखि जिल्लासम्म अड्किएका एकताको काम सम्पन्न गरिने कार्यकर्तालाई जानकारी गराउनुभएको थियो ।

प्रशिक्षणमा नेकपाका स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले कानूनी शासन स्थापनाको प्रयत्न गरेको बताउँदै अफवाह चिर्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । “हामीले हाम्रा नेताहरुले दोषी देखिएको ठाउँमा कानूनी कारवाही हुनुपर्छ भनेर जोड दियौँ । सरकारले कुनै कञ्जुस्याइँ गरेन्”, नेम्वाङको भनाई उद्धृत गर्दै कार्यक्रममा सहभागी नेकपाका जिल्ला सदस्य राजन खतिवडाले भन्नुभयो, “कानूनी राज्य निर्माणमा सक्रियता देखाएकामा आफ्ना नेताहरुको प्रशंसा गर्न नेम्वाङले आग्रह गर्नुभयो ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com