ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योजना कार्यान्वयनमा चासो दिन मुख्यमन्त्रीको आग्रह


admin

काठमाडौं, ५ कात्तिक । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहका योजना कार्यान्वयनमा जनप्रतिनिधिले चासो दिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले योजना समयमै सम्पन्न हुन नसके त्यसको प्रत्यक्ष असर जनता र स्थानीय तहलाई पर्ने उल्लेख गर्नुभयो ।

“हाम्रा जनप्रतिनिधिमा योजना पार्नमा दौडधूप गरेर जोड दिने तर कार्यान्वयनमा बेवास्ता गर्ने समस्या देखिएको छ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “योजना पार्नमा जस्तै कार्यान्वयनमा पनि प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता रहेको छ ।” उहाँले योजना कार्यान्वयन प्रक्रिया प्रभावकारी नभई रकम खर्च नभएर फिर्ता जानु जनता र स्थानीय तहका लागि प्रत्यक्षरुपमा घाटा हुने र विकास कार्य पछाडि पर्ने भएकाले जनप्रतिनिधिले यस विषयमा अग्रसरता देखाउनुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले अघि सारेको समृद्धिको यात्राले लक्ष्य उन्मुख रहेको बताउनुभएको छ । “प्रदेश ५ ले कूल गार्हस्थ उत्पादनको ७ दशमलव ७ प्रतिशत वृद्धिदर हासिल गर्न सक्नु समृद्धिको यात्रातर्फ उन्मुख हुनु हो”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “जनतामा निराशाको प्रचार फैलाए पनि निराशा हुनुपर्ने कुनै कारण छैन ।”संविधान निर्माणपूर्व नेपालको कूल गार्हस्थ उत्पादन ४ प्रतिशत रहेको र सङ्घीयता कार्यान्वयन भएसँगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्धिको बाटोमा पुगेको गतिलो उदाहरण भएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले बाँके जिल्लामा नेकपाबाट निर्वाचित जनप्रतिनिधि स्थानीय तहका प्रमुख र अध्यक्षदेखि वडा सदस्यसम्मलाई स्थानीय तह सञ्चालन, व्यवस्थापन र जनपक्षीय कार्यशैलीका बारेमा प्रशिक्षण दिएको नेकपा बाँकेका सचिव अशोक कोइरालाले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलले बुधबार बाँकेको खजुरा गाउँपालिकाले आयोजना गरेको बृहत् खजुरा सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com