ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी पाइप मर्मतका लागि सेना परिचालन


admin

काठमाडौं, ५ कात्तिक ।  बागलुङ बजारमा वितरण भइरहेको खानेपानी पहिरोका कारण अनियमित भएपछि सेनाको सहयोगमा मर्मत कार्य शुरु गरिएको छ । गत असोजको वर्षाले बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिराले बागलुङ बजारमा आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको आपूर्ति नियमित हुन सकेको छैन ।

ठूलो पहिरो भएका कारण तत्कालै मर्मत कार्य गरे पनि पटकपटक पाइप फुट्न थालेपछि व्यवस्थित तरिकाले मर्मत थालिएको हो । मर्मतमा लागि २३ नम्बर सैनिक अड्डा सेराडिल ब्यारेक बागलुङमा रहेका नेपाली सेनाको सहयोग ल्याइएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिनुभयो । कर्मचारीले मात्र ठूलो काम गर्न समय लाग्ने भएका कारण सेनाको सहयोग मागिएको खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । पहिरोले पानीको पाइप बगाउँदा बजार क्षेत्रभित्र पर्याप्त पिउने पानी उपलब्ध गराउन समस्या हुँदै आएको उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताउनुभयो ।

रेशबाट ल्याइएको पानीको पाइप पहिरोका कारण पटकपटक बगाएपछि त्यसलाई दीर्घकालीन व्यवस्थापनका लागि सेना परिचालन गरिएको श्रेष्ठले बताउनुभयो । “नेपाली सेनाको सहयोगबाट पहिरोग्रस्त क्षेत्रमा ढुङ्गा लैजाने, ग्याबिन चिन्ने काम भइरहेको छ”, प्रबन्धक शर्माले भन्नुभयो, “नेपाली सेनाले हामीलाई पटकपटक अप्ठ्यारो पर्दा सहयोग गर्दै आएको छ ।” एक हप्ता अगाडि नेपाली सेनाको १५ जनाको टोलीले उक्त स्थानमा सहयोग गरेको थियो भने मङ्गलबार १७ जनाको समूहले सहयोग गरेको शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार आवश्यकताअनुसार सेनाको सहयोग लिइरहने बताउनुभयो ।

काठेखोला गाउँपालिका–७ रेशबाट बागलुङ बजारमा पिउनका लागि पानी ल्याइएको छ । मर्मत कार्य तदारुकताका साथ भइरहेको र केही दिनभित्र काम सम्पन्न हुने संस्थाले जनाएको छ । बागलुङ बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनका लागि पानी ल्याइँदै आएको हो । अहिले रिठेखोलाबाट ३।५ लिटर प्रतिसेकेण्ड, रेशबाट १७ लिटर प्रतिसेकेण्ड र भुदीबाट १७ लिटर प्रतिसेकेण्ड पानी दैनिक आउने गरेको छ । अहिले तीनवटा मुहानबाट ल्याइएको पानी अपुग भएपछि काठेखोलाको लिफ्टमार्फत बागलुङ बजारमा ल्याउने कार्य धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com