ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको पर्यावरण जोगाउन विकसित मुलुकले सहयोग गर्नुपर्छ– उपप्रधानमन्त्री पोखरेल


admin

काठमाडौं, ५ कात्तिक । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रले चुनौतीको सामना गर्नुपरेकाले पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

चीनको राजधानी बेइजिङमा जारी नवौँ बेइजिङ स्याङ्सन फोरमको साना र मध्यम मुलुकका साझा स्वार्थ र सुरक्षाका विषयको सत्रमा आज सम्बोधन गर्दै आफ्नो तर्फबाट कुनै कमजोरी नहुँदा पनि नेपालले भोग्नुपरिरहेका जलवायु परिवर्तनका समस्याबारे विकसित र औद्योगिक मुलुकको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले हिमालय क्षेत्रको संवेदनशील पर्यावरणबारे सबैमा सचेतना बढाउन र जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने दिशामा पारस्परिक सहयोगलाई अभिवृद्धि गर्न नेपालले सन् २०२० को अप्रिलमा सगरमाथा संवाद आयोजना गर्न लागेकाले त्यसका लागि आमन्त्रण गर्नुभयो ।

“आजको प्रतिस्पर्धात्मक र बदलिँदो विश्व परिवेशमा साना, मध्यम तथा अतिकम विकसित मुलुकका सुरक्षा र विकासका मुद्दाले अन्तर्राष्ट्रियस्तरमा प्राथमिकता पाउनुपर्छ”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशील र विश्वशान्तिको आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको छ । नेपाल न्यायपूर्ण र समतामूलक विश्व व्यवस्थाको पक्षपाती रहन्छ ।”

कुनै एक ठाउँको गरीबी सबै ठाउँको सुरक्षा, शान्ति र स्थायित्वका लागि चुनौती भएकाले विकसित मुलुकले आफ्नै सुरक्षाका लागि पनि कम विकसित मुलुकको विकासमा सहयोग गर्न आवश्यक रहेकामा पन उहाँले जोड दिनुभयो । एक दशक लामो द्वन्द्वलाई आफ्नै मौलिक शान्ति प्रक्रियाबाट हल गरी नेपाल भर्खरै गणतान्त्रिक संघीय संरचनामा प्रवेश गरेको र मुलुकमा राजनीतिक स्थायित्व र शान्ति कायम भएको जनाउँदै उहाँले वर्तमान सरकारको ध्यान अब आर्थिक समृद्धि र सुशासनलाई प्रवद्र्धधन गर्ने दिशामा केन्द्रित भएको अवगत गराउनुभयो ।

‘समृद्ध नेपालः सुखी नेपाली’ को दीर्घकालीन सोचअनुसार वर्तमान सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, उद्योग क्षेत्रको विस्तार, जलविद्युत्, पर्यटन र पूर्वाधार क्षेत्रको विकास तथा शिक्षा र स्वास्थ्य क्षेत्रको गुणात्मक सुधारलाई रणनीतिक क्षेत्रको रूपमा पहिचान गरी विभिन्न कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उहाँले विश्वका १४ मध्ये १० उच्च हिमशृंखला भएको, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि तथा कला र संस्कृतिमा धनी देश नेपालले आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेकाले त्यसमा पनि निमन्त्रणा गर्नुभएको रक्षा मन्त्रालयले जनाएको छ ।

विश्वका ६८ देशका ६०० भन्दा बढी प्रतिनिधिले भाग लिएको फोरमको उद्घाटन सत्रमा चीनका राष्ट्रपति सी चिनफिङले शुभकामना मन्तव्यमार्फत चीन विश्व शान्ति, स्थायित्व र मानवजातिको संयुक्त समृद्धिको पक्षमा रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com