ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम दाङ सडक पूर्वाधारमा अगाडि– मुख्यमन्त्री पोख्रेल


admin
कार्तिक ४, २०७६ सोमबार  ७ : ३२ बजे

काठमाडौं, ४ कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले पश्चिम दाङ सडक पूर्वाधारमा अगाडि बढिरहेको बताउनुभएको छ । दामोदर सडकअन्तर्गत दङ्गीरण गाउँपालिका वडा नं ३ र ६ जोड्ने पक्की पुलको आज थपगाउँमा उद्घाटन गर्दैै उहाँले विकास निर्माणका कामले सरकारले अघि सारेको समृद्विको यात्रा सार्थक भइरहेको पनि बताउनुभयो ।

मुख्यमन्त्री पोख्रेलले पुल निर्माणले नागरिकले महत्व पूर्ण सम्पत्ति प्राप्त गर्न सफल भएको र यसलाई सही सदुपयोग गर्न पनि आग्रह गर्नुभयो । पूर्वाधार बनाइसकेपछि त्यसको सही सदुपयोग आवश्यक हुन्छ, जसबाट राज्यले गरेको लगानीलाई सार्थक बनाउने जिम्मेवारी नागरिकको हो मुख्यमन्त्री पोख्रेलले भन्नुभयो ।

सडक पूर्वाधारबाट हामीले जति धेरै आर्थिक क्रियाकलाप गर्न सक्छौँ त्यति नै राज्यले लगानीको प्रतिफल पाउनसक्ने बताउँदै उहाँले भन्नुभयो, “प्रदेश नं ३ ले कूल गार्हस्थ उत्पादनको ७।७ प्रतिशत वृद्धिदर हासिल गर्नसक्नु समृद्धिको यात्रातर्फउन्मुख हुनु हो । संविधानसभा निर्माणपूर्व नेपालको कूल गार्हस्थ उत्पादन ४ प्रतिशत रहेको र सङ्घीयता कार्यान्वयन भएसँगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्धिको बाटोमा पुगेको गतिलो उदाहरण हो ।”

सातवटै प्रदेशमध्ये प्रदेश नं ५ ले जनताको सहयोग र साथले विकास निर्माणका कार्यमा सबैभन्दा बढी रकम खर्चन सकेको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । “जनतामा विपक्षीले निराशाको प्रचार फैलाए पनि निराशा हुनुपर्ने कुनै कारण छैन”, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो । पश्चिम दाङ विगतमा विकासले पछाडि पारिएको क्षेत्रका रुपमा हेर्ने गरे तापनि वर्तमान अवस्थामा भने विकास निर्माणका कार्यले गति ल्याएको पोख्रेलले बताउनुभयो ।

पश्चिम दाङ तुलसीपुर सुर्खेत सडकखण्ड कालोपत्र कार्य दुई वर्षभित्र सम्पन्न हुने र त्यसपछि कर्णाली प्रदेशको प्रवेशद्वारका रुपमा पश्चिम दाङको विकास हुने उहाँको भनाइ छ । मुख्यमन्त्री पोख्रेलले थारु राजा दङ्गीशरणलाई आजको पुस्तासम्म चिनाउनका लागि प्रदेश सरकारले दङ्गीशरणको शालीक निर्माण गर्ने तयारी भइरहेको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले सरकारले प्रविधि भित्र्याएर गुणस्तरीय कामको शुरुआत गरेको बताउनुभएको थियो । पूर्वाधार विकास कार्यालय दाङका इञ्जिनीयर चन्द्रबहादुर शाहले पुल रु चार करोड ८० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

दामोदर मार्गअन्तर्गत पुल निर्माण भएसँगै दङ्गीशरण र बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका छ हजार बढी जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन् । समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी पूर्णबहादुर भण्डारीलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com