ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री महासेठमाथी खनिए नेता झा र यादब


एबीसी न्यूज
कार्तिक ४, २०७६ सोमबार  ७ : १९ बजे

धनुषा,  ४ कातिक । सोमबार धनुषाको महेन्द्रनगर स्थित शुभकामना आदान प्रदानसत्तारुढ दल नेकपाको स्थायी समिति सदस्य समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले प्रदेश नम्बर २ को धनुषा जिल्ला लगायतका पार्टी संगठनमा मर्यादा अनुसार तत्कालिन नेकपा माओवादी केन्द्र र तत्कालिन नेकपा एमालेको समायोजकको क्रममा बेवास्ता गर्दै एकलौटी ढंगले धनुषा जिल्ला संगठन गठन गरेपछि प्रदेश नम्बर २ को राजनीतिक नै बदलिएको नेता तथा कार्यकर्ताहरुको ठम्याईछ ।

आयोजित यस कार्यक्रममा नेकपा स्थायी समिति सदस्य समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले नेकपामा पुजीवादी मात्र नभई अपराधिकरण समेत हुदैँ गएको प्रति चिन्तित भए । उनले संगठन विधि र विधानलाई बेवास्ता गर्दै मन्त्री र पहुँचवाला नेताहरु सत्ता, शक्तिको दुरुपयोग गरी धन आर्जन तर्फ लागेको र ईमान्दार नेता कार्यकर्ताहरुलाई पाखा लगाएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले जसरी नेकपाको केन्द्रिय समिति ९ जना नेताले चलाउने गरेको छ, त्यसरी नै नेकपाको प्रदेश नम्बर २ को समिति समेत ४ जनाले मात्रै चलाएर संगठनलाई भताभुंग गरेको आरोप समेत लगाए । उनले कसैको नाम नलिई कनै पार्टी विधि विधान र संगठनलाई पेवा सम्झिने विरुद्ध नेता कार्यकर्ताहरु एकजुट भई आन्दोलनको तयारीमा जुट्न आह्वान समेत गरे ।

उनले पार्टी भित्र पनि सधैँ सङ्घियता, गणतन्त्र र समावेशी समानुपातिक बिरोधिहरु अहिले आएर हाम्रा नेता बन्न र पद पाउनका लागि हानथाप गरेको देख्दा दुःख समेत लाग्ने गरेको बताए । उनले भने– काम गरेर कम्युनिष्ट बनौँ, नामको लागि होइन नामको होइन, त्यसैले काम गरेर कम्युनिस्ट बन्नुपर्छ र जनताको लागि लडाई लड्नुपर्छ ।

उनले सरकारमा केहि मन्त्रीको फेरबदलको प्रसंगमा बोल्दै मन्त्री मातृकाप्रसाद यादवले अध्यक्ष प्रचण्डले कहिलेकाहीँ ओली सरकार भन्ने गरेको प्रति आपत्ति जनाए । उनले भने– अध्यक्ष प्रचण्डले ओली सरकार भनेको सुन्दा अचम्म लाग्छ । उनले यो सरकार नेकपाको रहेको भन्दै उनले भने– पार्टीले निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई कार्यान्वयन गरे मात्रै आफु पार्टीको निर्णय मान्ने छु । र त्यसपछी मात्रै सरकारले पार्टीको निर्णय कायान्वयन गर्नेछु ।

उनले कम्युनिस्ट पार्टीमा मैत्रीपुर्ण आलोचना हुनुपर्छ भन्दै मन्त्री यादवले भने– केहि ठुलाबडा मन्त्री र ठुलाबडा नेताहरुको आलोचना गर्दा दुरी बढाउने गरेको जबकी बैचारिक बहस छलफलमा मात्र दुरी बढ्नु स्वाभिक नै हो, तर यहाँ आफ्नै कामरेडलाई हत्या गर्दा सम्म चुप लागेर बस्छ । यो कस्तो बिडम्वना रु भन्दै उनले प्रतिप्रश्न समेत गरेका थिए ।

उनले प्रधानमन्त्री ओलीले आफ्नो सम्पती सार्वजनिक हुने भनेको भन्दै उनले पार्टीमा थुप्रै नेताहरु मोटाउदै गएकाले सबैको सम्पती शुद्धिकरण आवश्यक रहेको बताए । यसको लागि सबैको सम्पती छानविन गर्न माँग समेत गरे ।

त्यस्तै नेता रामचन्द्र झाले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको कारण प्रधानमन्त्री केपी शर्मा ओलिको बदनामी भएको बताए । उनले अहिलेको सरकारले राम्रो काम गरेपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले विकास निर्माणको काम चैते विकासे निर्माण गरेको र निर्माण हुने वितिकै भत्किन थालेकाले अहिलेको सरकारको आलोचना ह्वातै बढेको स्पष्ट पारे ।

उनले मन्त्री महासेठले पार्टी संगठनमा मात्र नभई राज्यको ढुकुटीमाथि पनि कुनियती राखेकाले ओली सरकार बदनाम भएको बताए । उनले मन्त्री महासेठको सम्पती शुद्धिकरणको माँग गर्दै आलोचना गरे ।

उनले सम्पत्ति शुद्धिकरण भएमा मन्त्री महासेठले गरेको भ्रष्टाचारको कारण जेल नै चलान हुने समेत ठोकुवा गरे । उनले भने– ठुलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत हो । छिट्टै उनी जेल जाने छन् । तसर्थ हामी तपाईहरुलाई सचेत गराउन आएका हौ । कम्युनिस्ट पार्टीमा जनता र राष्ट्रियको लागि योगदान दिनेका लागि मात्र हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com