ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समझदारी र सहकार्य गर्दा देशको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालाई प्रमुख ध्यान दिनुपर्छ – डा. राजन भट्टराई ( भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ३ कात्तिक ।  चिनियाँ राष्ट्रिपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण सम्पन्न भएसँगै नेपाल र चीनबीच भएको समझदारी तथा सहमती र राजनीतिक घोषणाका बारेमा विविध कोणबाट चौतर्फी छलफल सुरु हुन थालेको छ ।

परराष्ट्र सम्बन्ध विस्तारसँगै देशको आर्थिक, सामाजिक र राजनीतिक परिवेशमा हुने परिवर्तनका लागि वर्तमान सरकारले चालिरहेको कूटनीतिक एवम् रणनीतिक कदमले देशलाई के कस्तो फाईदा हुन्छ ? भन्ने विषय आज प्रमुख चासोको विषय बन्दै गएको छ । विशेषगरी, नेपालको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालाई विचार गर्दै देशको आर्थिक तथा सामाजिक विकास, द्धिपक्षीय हित, विश्व तथा क्षेत्रीय शान्तीको विषयमा मित्रराष्ट्र चीनसँग साझेदारी गरिएको कूटनीतिज्ञहरुको भनाई छ ।

राजनीतिक अस्थिरताको समस्याले लामो समय देशको विकास र सुशासनलाई नराम्रो संग प्रभावीत बनायो । अस्थीर राजनीतिक अवस्थाबाट देशमा अहिले संघियताको अभ्याससँगै स्थीर सरकार कायम भएको छ । यसले देशमा मात्रै होईन अन्तराष्ट्रियस्तरमै सकारात्मक सन्देश पुगेको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रिपति सि चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनवीचको सम्बन्धलाई थप नयाँ उचाईमा पु¥याएको परराष्ट्रविद्हरुको बुझाई छ ।  नेपाल, भारत र चीन जस्ता दुई ठूला देशहरुको बीचमा अवस्थित रहेकाले मित्र राष्ट्र तथा विदेशी राष्ट्रहरुसँग समझदारी र सहकार्य गर्दा देशको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालाई प्रमुख ध्यान दिईनुपर्ने परराष्ट्रविद्हरु बताउँछन् । वर्तमान अवस्थाको राजनीतिक अभ्यासले व्यवस्था र प्रणाली परिवर्तन भएपनि कुनै देशलाई पक्ष वा विपक्ष बनाएर जाने नीति नेपालले लिन नसक्ने र यसको साखलाई सधैं जोगाराख्नुपर्ने परराष्ट्र विद्हरुको सुझाव रहेको छ ।

एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले छिमेकी तथा विदेशी राष्ट्रहरुसँग सामाजिक, साँस्कृतिक, आर्थिक र बृहत्तर विकासका लागि मात्रै रणनीतिक साझेदारी हुने गरेको बताउनुभयो । तसर्थ, नेपाल विश्व शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल भएकाले पनि द्धिपक्षीय हित, विश्व तथा क्षेत्रिय शान्ती र विकासका लागि मित्र राष्ट्रहरुसँग विभिन्न सहमती र सम्झौता हुनुले विश्वमञ्चमा नै सकारात्मक सन्देश प्रवाह हुन मद्दत पुग्ने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com