ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१९ किलो चाँदीसहित एक पक्राउ


एबीसी न्यूज
कार्तिक २, २०७६ शनिबार  ५ : २१ बजे

काठमाडौं, २ कात्तिक । बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट गोलागञ्जबाट खटिएको प्रहरी टोलीले साहलाई विशेष सुराकीको आधारमा सो परिमाणको चाँदीसहित नियन्त्रणमा लिएको हो । भारतबाट बीआर०६एम १०६० नंको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले बताउनुभयो ।

बरामद चाँदीको बजार मूल्य करीब रु १४ लाख रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेको चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।

बेवारिसे पेस्तोल बरामद

बाराको करैयामाई गाउँपालिका–१ स्थित जन सामुदायिक माध्यमिक विद्यालयको प्राङ्गणमा बेवारिसे पेस्तोल फेलापरेको छ । विद्यालयको उत्तरपश्चिम कुनामा रहेको सेफ्टी ट्याङकी नजिक कालो प्लाष्टिकमा बेरी ढुङ्गामुनि लुकाइछिपाइ राखेको बेवारिसे पेस्तोल बरामद गरेको बारा प्रहरीले जनाएको छ । विशेष सुराकीका आधारमा १० इन्च लामो एक थान अवैध घरेलु नलकटुवा पेस्तोल फेलापरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । बरामद गरिएको सो पेस्तोलबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com