ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपाल निर्माणमा योगदान गर्ने एनआरएनएको प्रतिबद्धता


एबीसी न्यूज

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली सङ्घ एनआरएनए को नवनिर्वाचित नेतृत्वले समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनबाट आज निर्वाचित पदाधिकारी एवं सदस्यहरुले नेपालको विकासको अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएका हुन् । सङ्घका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक र प्रभावकारी तुल्याउन सिङ्गो एनआरएन एकताबद्ध ढङ्गले लागी पर्ने बताउनुभयो ।

उहाँले समृद्ध नेपाल निर्माणका लागि एनआरएनएले घोषणा गरेको कम्तिमा पनि रु १० खर्ब लगानी भित्र्याउन लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नेपाल सरकार र नेपाली जनताले हामी ९एनआरएन० बाट निकै ठूलो आशा र अपेक्षा गरेको मैले राम्रोसँग महसुस गरेको छ,ु हामीले भर्खर सरकारसँग कमसेकम पनि रु १० अर्ब लगानी भित्र्याउछौँ भनेका छौँ, त्यसका निम्ति म प्रतिबद्ध छु र निरन्तर लाग्नेछु,” उहाँले भन्नुभयो ।

निर्वाचनका दौरानमा जेजस्ता गतिविधि र परिणाम आए पनि सबै पक्षलाई समेटी एकताबद्ध बनाएर लैजाने बताउँदै अध्यक्ष पन्तले निर्वाचन घोषणा पत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयनमा लैजाने प्रण गर्नुभयो ।

एनआरएनमा आवद्ध सदस्यलाई निःशूल्क बनाउने तथा प्रतिनिधिका नाममा संस्थालाई साँघुरो हैन सबै सदस्यले मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउने उहाँको भनाइ छ ।

करीब ८० लाख एनआरएनमध्ये झण्डै ४० लाख विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक मजदुर रहेको भन्दै अध्यक्ष पन्तले उनीहरुको हक, हित तथा सेवा सुविधालगायत सबै विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सङ्घका नवनिर्वाचित महासचिव डा हेमराज शर्माले एनआरएनलाई सबैको साझा संस्थाको रुपमा स्थापित गर्दै नेपालको आर्थिक समृद्धिको अभियानमा सक्रियतापूर्वक योगदान गर्ने उल्लेख गर्नुभयो ।

एनआरएनका महिला उपाध्यक्ष रविना थापाले आफ्नो जीत सम्पूर्ण एनआरएनको जीत भएको उल्लेख गर्दै सम्पूर्ण नेपाललाई जोड्न संस्थाले खेलिरहेको भूमिकालाई भविष्यमा थप बलियो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । संस्थामा अहिले महिला सहभागिता अत्यन्त न्यून रहेकाले महिला सहभागिता वृद्धिका लागि सक्दो पहल गर्ने बताउनुभयो ।

नवनिर्वाचित उपाध्यक्ष मन केसीले एनआरएनको विगतमा भएका कमीकमजोरीको सुदृढीकरण गर्दै विगतमा गरिएका प्रतिबद्धताको समीक्षा गर्दै आगामी रणनीति तयार गर्ने बताउनुभयो । एनआरएन महिला संयोजक शोभादेवी लिम्बूले पदीय जिम्मेवारी बढेको र महिला हक अधिकारको क्षेत्रमा सक्रिय भएर लाग्ने बताउनुभयो । एनआरएनको नवनिर्वाचित नेतृत्वले आजैदेखि पदभारग्रहण गरेको छ ।

नेपाल भ्रमण वर्षको सँघारमा भएको एनआरएनको नयाँ नेतृत्वका अवसर र चुनौती दुवै छन् । विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकको निरन्तर बढोत्तरी तथा पूर्वाधार, ऊर्जा, पर्यटनमा लगानी भित्र्याउने उपयुक्त अवसर पनि बन्ने विश्वास लिइएको छ । नेपालको कूटनीतिक सम्बन्ध नभएका मुलुकका समेत एनआरएनएको बलियो उपस्थिति रहेकाले नेपालको उचित प्रवद्र्धन गरी पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नसक्ने सरकारले पनि विश्वास लिएको छ ।

सम्मेलनमा ८१ मुलुकका दुई हजार ५०० प्रतिनिधि सहभागी थिए । ‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ तीन दिनसम्म भएको सम्मेलनमा नेपालमा आर्थिक लगानीको सम्भाब्यता, लगानी भित्र्याउने वातावरण निर्माण तथा सङ्गठन सुदृढीकरण आदि विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com