ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बरामद गरिएका हतियार, नगदसहित महत्वपूर्ण कागजात सार्वजनिक


एबीसी न्यूज

काठमाडौं, १ कातिक । जिल्ला प्रहरी कार्यालय दाङले राजपुर गाउँपालिका–४ मुङग्रेठाबाट बिहीबार पक्राउ परेका प्रतिबन्धित नेकपाका नेताहरुको साथबाट हतियार, नगदसहित महत्वपूर्ण कागजात बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिको बारेमा र उनीहरुको साथबाट बरामद गरेका हतियार, नगद पैसासहित अन्य महत्वपूर्ण दस्ताबेजहरु आज सार्वजनिक गरेको हो ।

प्रहरीले आज एक प्रेस विज्ञप्ति जारी गरी छ थान पेस्तोल, दुई थान म्यागजिन, नौ वटा गोली, एउटा सुतली बम र रु तीन लाख ८४ हजार ५३० नगद बरामद गरेको उल्लेख गरेको छ । साथै, ३७ थान मोबाइल सेट, ग्लोबल आइएमइको चार वटा चेक, २१ वटा झोला, १६ वटा डायरी, १३ वटा विभिन्न राजनीतिक दर्शनका किताब, चन्दा उठाउन प्रयोग हुने ३० वटा लेटर प्याड र पार्टीको स्ट्याम्प छाप एक थान बरामद भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभएको छ ।

बरामद गरेका हतियारमध्ये दुई वटा पेस्तोल तयारी अवस्थामा प्रहरीले भेटाएको जनाएको छ । नेकपाका नेताहरुको महत्वपूर्ण बैठक बसिरहेको भन्ने सूचना पाएको प्रहरीले बैठकस्थल नै नियन्त्रणमा लिएर पार्टीका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरगञ्ज भनिने चन्द्रबहादुर चन्दसहित २१ जना नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राप्ती ब्यूरो इञ्चार्ज केशबहादुर बाँठा सुभाष, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष दीपराज सेर्पाली पाटन, रोल्पा जिल्ला इञ्चार्ज सन्तोष सुवेदी प्रयास, न्यायिक विभाग संयोजक रामबहादुर थापा, दाङका जिल्ला इञ्चार्ज यमलाल कटुवाल ९विक्रम० सहित २१ जना रहेका छन् । पक्राउ परेकालाई सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेर कारवाही शुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com