ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको प्रतिष्ठा बढाउने गरी प्रस्तुत हुनुहोस्– उपप्रधानमन्त्री पोखरेल


एबीसी न्यूज

काठमाडौं, १ कात्तिक । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने ढङ्गबाट अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई निर्देशन दिनुभएको छ । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिन यहाँ आइपुग्नुभएका उपपप्रधानमन्त्री पोखरेलले खेलाडीले गर्ने व्यवहारले देश र सङ्गठनको छवि झल्कने भएकाले अनुशासित भई ज्ञानलाई कुशलतापूर्वक प्रयोग गर्न सुझाव दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “यो खेलमा सहभागिता नेपालीका लागि निकै महत्वपूर्ण हो, सेनाका खेलाडीका लागि विशेष अवसरका रुपमा रहेको छ, नेपाल र नेपालीको छवि उच्च राख्ने गरी प्रतियोगितामा खेलाडीले प्रस्तुत हुनुपर्छ, प्रतियोगितामा भाग लिन पाउँदा हाम्रो गौरव बढेको छ ।” यहाँ हामीले राम्रो बोली, व्यवहार, चरित्र र क्रियाकलाप देखाउनुपर्छ । उहाँ चीनका रक्षामन्त्री वीइ फिङको निमन्त्रणामा यहाँ आउनुभएको हो । उहाँले खेलाडी रहेको स्थान र प्रशिक्षण स्थलको अवलोकनसमेत गर्नुभयो । इन्टरनेशनल मिलिटरी स्पार्टस् काउन्सिल ९सिआइएसएम० को समयन्वयमा यस पटकको गृष्मकालीन विश्व सैनिक खेलकूद प्रतियोगिता चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको हो । प्रत्येक चार वर्षमा हुने सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ ।

विश्वका सैनिकबीच हुने यस खेल प्रतियोगितालाई ठूलो तथा शक्ति राष्ट्रले निकै चासोका साथ हेर्ने गरेको पाइन्छ । खेल विधामा ४० नेपालीसहित विश्वका १० हजार ७१९ सैनिक खेलाडीले यस प्रतियोगिता प्रतिस्पर्धा गर्दैछन् । नेपालले १३ विधामा प्रतिष्पर्धा गर्दैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेको काउन्सिलका पदाधिकारीको आज बसेको बैठकमा जानकारी दिइयो । उहान शहर होलहरु अहिले विदेशी खेलाडीले भरिभराउ भएको छ । मस्कट ‘वीङवीङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकूद नामाकरण गरिएको छ । नेपालसहित विश्वका १०५ मुलुकमा १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

यस खेलकूद प्रतियोगितालाई ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । यो प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । उक्त अवसरमा उपरथी शनिचन्द्रबहादुर सिंह र महासेनानी शशिकिरण रायमाझीले सातौँ प्रतियोगिताको वस्तुस्थिति र नेपाली खेलाडीको तयारी अवस्थाबारे जानकारी गराउनुभएको थियो । प्रतियोगिताको उद्घाटन आज राति ८ बजे हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com