ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरी सिरियामा पाँच दिने युद्धविरामको घोषणा, ट्रम्पद्वारा स्वागत


एबीसी न्यूज

सिरिया, १ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गर्नु भएको छ । उत्तरपूर्वी सिरियामा गत अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारण मारिएका छन् । यी सर्वसाधारण प्रायः कुर्द समुदायका छन् ।

जारी यस द्वन्द्वका कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएका मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले जानकारी दिएको छ । यस आक्रमणका क्रममा अमेरिकी नागरिकको एक थोपा रगत पनि नबगेको भन्दै राष्ट्रपति ट्रम्पले सिरियाका सन्दर्भमा आफ्नो रणनीति सफल भएको बताउनुभयो ।

यसअघि राष्ट्रपति ट्रम्पले टर्की र कुर्दहरूका लागि यो महान दिन भएको भन्दै यस आक्रमण स्थगित गर्न सहमति गरेको घोषणाको पनि प्रशंसा गर्नु भएको थियो । अहिले पाँच दिनका लागि युद्धविराम भएको छ,’ ट्रम्पले संवाददाताहरुसँग भन्नुभयो । उपराष्ट्रपति माइक पेन्सले अङ्काराले आफ्नो सैनिक कारबाही रोक्न सहमति जनाइसकेको बताउनुभएको छ ।

तर सम्झौतामा स्वतन्त्र मुलुकको माग गर्दै वर्षौंदेखि सशस्त्र आन्दोलन गरिरहेका कुर्द लडाकूहरुले सिरिया–टर्की सीमा क्षेत्र छाड्नुपर्ने शर्त राखिएको छ ।अमेरिकाको टेक्सास शहरमा आयोजित निर्वाचन ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले यो अमेरिकाको लागि महान दिन भएको पनि दाबी गर्नुभयो । उहाँको भनाई थियो– यो टर्कीका लागि महान दिन हो, कुर्दहरुको लागि पनि महान दिन हो र सभ्यताका लागि पनि महान दिन हो । टर्कीले सीमावर्ती सिरियाली भूभागमा भिषण सैन्य कारबाही थालेपछि टर्कीसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स बिहीबार टर्की पुग्नुभएको थियो । उहाँले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई उक्त आक्रमण तत्कालै रोक्न आग्रह गर्नु भएको थियो । सिरियाली कुर्द लडाकूहरुका विरुद्धमा जारी घातक आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो व्यक्त गरेको छ ।

त्यस आक्रमणप्रति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले चासो व्यक्त गरेको थियो । बुधबार राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको क्षतिको बारेमा छलफल भएको थियो । बुधबारको सो बैठकमा सुरक्षा परषदका सदस्य राष्ट्रहरुबीच आक्रमण रोक्नुपर्ने विषयमा आवश्यक परामर्श र छलफल भएको र त्यस विषयमा सहमति पनि भएको बताइएको छ ।

उक्त बैठकमा भएको छलफलको बारेमा जानकारी दिँदै संयुक्त राष्ट्रसंघका लागि दक्षिण अफ्रिकाका स्थायी प्रतिनिधि जेरी मतजिलाले उक्त आक्रमणबाट मानवीय संकट पैदा भएको भन्दै यसबाट उत्पन्न हुन सक्ने परिस्थितिप्रति गहिरो चासो राखेको बताउनुभयो ।इस्लामिक स्टेट्स विरुद्धको लडाईंमा कुर्दहरु सँगै रहेका अमेरिकी सेना फर्काउने राष्ट्रपति ट्रम्पको घोषणा लगत्तै टर्कीले त्यस क्षेत्रमा हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो । उत्तरपूर्वी सिरियाको यस इलाका कुर्दिश लडाकूको नियन्त्रणमा रहेको छ ।

टर्कीले सिरियामा गरेको सो आक्रमणबाट करिब तीन लाख मानिस विस्थापित भएका अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै गरेको छलफलमा उत्तरी सिरियामा यस आक्रमणका कारण मानवीय सङ्कट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com