ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनएको अध्यक्षमा आचार्यलाई पछि पार्दै कुमार पन्त विजयी, यस्तो छ ताजा परिमाण


एबीसी न्यूज
१ कार्तिक २०७६, शुक्रबार   ११ : २३   बजे


काठमाडौं, , १ कातिक । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनामा अर्का प्रत्यासी कुल आचार्यलाई पराजीत गरी पन्त निर्वाचित हुनुभएको हो ।

पन्तले कुल १ हजार १८१ मत पाउनुभएको छ । उहाँले प्रतिस्पर्धी आचार्यलाई १११ मतान्तरले पराजित गर्नुभएको हो । निर्वाचनमा २ हजार ३४१ मत खसेको थियो ।

यसैगरी पाँच उपाध्यक्षमा डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी र महिला उपाध्यक्षमा रविना थापा निर्वाचित हुनुभएको छ । र महासचिवमा पनि पन्त प्यानलकै डा हेमराज शर्मा विजयी हुनुभएको छ । यस्तै सचिवमा गौरी जोशी र आरके शर्मा विजयी हुनुभएको छ भने कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित हुनुभएको छ ।

विजयीहरुको नाम

अध्यक्ष – कुमार पन्त
उपाध्यक्ष –बद्री केसी
उपाध्यक्ष – अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष –सोनम लामा
उपाध्यक्ष – मन केसी
उपाध्यक्ष – रविना थापा
महासचिव – डा. हेमराज शर्मा
सचिव – गौरी जोशी
सचिव –  आरके शर्मा
कोषाध्यक्ष – महेश श्रेष्ठ
सह कोषाध्यक्ष – लोक दाहाल

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए । आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu