ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिगण्डकी–तिनाउ डाईभर्सन बनेर छाड्छ : महासचिव बिष्णु पौडेल


sharan sharan
३० आश्विन २०७६, बिहिबार   ९ : ३०   बजे

बुटवल, ३० असोज ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाईभर्सनबाट पछाडी नहटने बताउनु भएको छ ।
कालिगण्डकी–तिनाउ डाईभर्सनको लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम भईरहेको बताउँदै महासचिव पौडेलले डिपिआर निर्माणको काम सकिएपछि स्रोतको प्रवन्ध गरेर मोडालिटि तयार गरि निर्माणको काम अंगाडी बढ्ने आश्वासन दिनुभयो ।
रुपन्देही उद्योग संघको ४१ औं वार्षिक साधारण सभा तथा २१ औं अधिवेशन उदघाटन कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका महासचिव पौडेलले बिकास र समृद्धिको अभिभारा पुरा गर्ने काम नीजि क्षेत्रको साथ बिना सम्भव नभएको र मुलुकको अर्थतन्त्रलाई सवल बनाउनका लागि सरकारले सबै क्षेत्रलाई साथमा लिएर अंगाडी बढेको दावी गर्नुभयो ।
महासचिव पौडेलले सरकार नीजि क्षेत्रसंगै रहेको बताउँदै सरकारले चालेका कदमबाट हतोत्साही नहुन र ढुक्क भएर लगानी गरि रोजगारी अभिबृद्धि गर्न समेत नीजि क्षेत्रलाई आग्रह गर्नुभयो ।

रुपन्देही जिल्लालाई व्यबस्थित औद्योगिक क्षेत्र भएको जिल्लाको रुपमा अंगाडी बढाउन खोजिएको बताउँदै उहाँले सरकारले घोषणा गरेको मोतिपुर औद्योगिक क्षेत्रलाई आधुनिक र व्यबस्थित औद्योगिक क्षेत्र बनाईने आश्वासन दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश पाँचका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले प्रदेशको स्थायी राजधानी नतोकिँदा बजेट कार्यान्वयनमा समस्या भएको बताउनुभयो । उहाँले प्रदेशको स्थायी राजधानी तोक्ने प्रदेश सभाको काम भएपनि प्रदेश सभा मात्रै नभएर प्रतिपक्षि दल, संघीय सरकारको समेत भुमिका हुने भएकाले प्रदेशको स्थायी राजधानी तोक्ने काममा सहजिकरणका लागि पार्टी महासचिव पौडेललाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu