ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिगण्डकी–तिनाउ डाईभर्सन बनेर छाड्छ : महासचिव बिष्णु पौडेल


sharan sharan

बुटवल, ३० असोज ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाईभर्सनबाट पछाडी नहटने बताउनु भएको छ ।
कालिगण्डकी–तिनाउ डाईभर्सनको लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम भईरहेको बताउँदै महासचिव पौडेलले डिपिआर निर्माणको काम सकिएपछि स्रोतको प्रवन्ध गरेर मोडालिटि तयार गरि निर्माणको काम अंगाडी बढ्ने आश्वासन दिनुभयो ।
रुपन्देही उद्योग संघको ४१ औं वार्षिक साधारण सभा तथा २१ औं अधिवेशन उदघाटन कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका महासचिव पौडेलले बिकास र समृद्धिको अभिभारा पुरा गर्ने काम नीजि क्षेत्रको साथ बिना सम्भव नभएको र मुलुकको अर्थतन्त्रलाई सवल बनाउनका लागि सरकारले सबै क्षेत्रलाई साथमा लिएर अंगाडी बढेको दावी गर्नुभयो ।
महासचिव पौडेलले सरकार नीजि क्षेत्रसंगै रहेको बताउँदै सरकारले चालेका कदमबाट हतोत्साही नहुन र ढुक्क भएर लगानी गरि रोजगारी अभिबृद्धि गर्न समेत नीजि क्षेत्रलाई आग्रह गर्नुभयो ।

रुपन्देही जिल्लालाई व्यबस्थित औद्योगिक क्षेत्र भएको जिल्लाको रुपमा अंगाडी बढाउन खोजिएको बताउँदै उहाँले सरकारले घोषणा गरेको मोतिपुर औद्योगिक क्षेत्रलाई आधुनिक र व्यबस्थित औद्योगिक क्षेत्र बनाईने आश्वासन दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश पाँचका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले प्रदेशको स्थायी राजधानी नतोकिँदा बजेट कार्यान्वयनमा समस्या भएको बताउनुभयो । उहाँले प्रदेशको स्थायी राजधानी तोक्ने प्रदेश सभाको काम भएपनि प्रदेश सभा मात्रै नभएर प्रतिपक्षि दल, संघीय सरकारको समेत भुमिका हुने भएकाले प्रदेशको स्थायी राजधानी तोक्ने काममा सहजिकरणका लागि पार्टी महासचिव पौडेललाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com