ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र चीनबीच सम्बन्ध नविकरण, नेपालबाट १७ पटक र चीनबाट १० पटक उच्चस्तरीय भ्रमण (भिडियोसहित)


एबीसी न्यूज

 

काठमाडौं, २७ असोज  ।  नेपाल र चीनबीचको सम्बन्ध सयौं वर्ष पुरानो छ । मन्जुश्री, बुद्धभद्र एवं चिनिया बौद्ध भिक्षु फा सियानको बेलादेखि स्थापित सम्बन्ध भृकुटी अरनिको हुंदै सन् १९५५ मा कुटनीतिक सम्बन्धमा रुपान्तरण भएको छ । कुटनीतिक सम्बन्ध स्थापित भएपछि त चीनसंग नेपालको सम्बन्ध सुमधुर र समस्यारहित छ । दुवै मुलुकका शिर्ष नेताहरुले विगतदेखि नै एकअर्काको भ्रमण गर्दै आएका छन् । दुई दशकसम्म कटेको चिनिया कडी अहिले राष्ट्रपति सी चिनफिङले पुरा गरेका छन् ।

नेपाल र चीन विच परापूर्वक कालदेखि नै घनिष्ठ सम्बन्ध रहदैँ आएको छ । र आजसम्म कायमै छ । छिमेकी मुलुक भएपनि चीनसँग नेपालको कुनै पनि प्रकारका झै – झगडा, असहमती, असमझदारीहरु हालसम्म भएका छैनन् ।

बरु, चीनसँग राजनीतिक, आर्थिक, सांस्कृति, धार्मिक रुपमा सम्बन्ध अझै घनिभुत हुँदै गइरहेको छ । चीनले पनि नयाँ युग सुहाउँदो सम्बन्धलाई परिस्कृत गरेर अघि बढ्नुपर्ने बताएको छ । दुवै देशविच एक अर्काको सार्वभौमिकता, राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई कायम राख्दै सम्बन्धलाई नयाँ उचाइमा पुराउने समझदारीहरु भएका छन् । असोज २५ र २६ गते चिनियाँ राष्ट्रपती सी जिनपिङको भ्रमणपछि नेपाल चीन विचको सम्बन्ध राजनीतिक तहमा मात्रै होईन, जनस्तरमा पनि अझै मजबुद हुने विश्वास गरिएको छ । नेपाल चीन सम्बन्ध र भ्रमणको इतिहास लामो छ ।

नेपाल चीनको पुरानो सम्बन्धबारे चिनीया राष्ट्रपती सी चिनफिङले नै भनेका छन् – “करिब १६ सय वर्षअघि चिनियाँ महान भिक्षु फा सियान र नेपाली महान भिक्षु बुद्धभद्रले एकअर्काको देशमा भ्रमण गरेका थिए र संयुक्त रूपमा बौद्ध धर्मका शास्त्रपदहरू अनुवाद गरेका थिए । चीनको थाङ राजवंशका पालामा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा सङचन गम्पोसँग विवाह भएको थियो । महान भिक्षु स्यवीयान चाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको बहुमूल्य वर्णन आफ्नो यात्रावृतान्त लेखेका थिए । य्वीयान राजवंशमा नेपालका प्रसिद्ध कलाकार अरनिकोले चीनमा आएर पेइचिङमा श्वेत स्तूपको निर्माण गरेका थिए । युगौंयुगदेखि हाम्रा दुवै देशका जनताबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धका यी केही उदाहरणहरू हुन ।”

सी ले भनेजस्तै नेपाल र चीनबीच निकै लामो तथा सौहार्दपूर्ण सम्बन्ध रहदै आएको छ । धार्मिक सांस्कृतिक रुपमा पनि यी दुईदेखि धेरै कुराहरुमा समानता रहेको छ । बौद्ध धर्मको प्रर्वतक गौतम बुद्धको जन्मस्थल नेपाल हो । उनले फैलाएको धर्म आज चीनमा अधिकांशले मान्छन् । यस हिसाबले पनि नेपाल चीनको सम्बन्ध घनिष्ठ बन्दै आएको छ । सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तत्कालीन प्रमुख शाही सल्लाहकार सरदार गुन्जमान सिंह र चीनका तर्फबाट राजदूत युयान जोङसियाङले हस्ताक्षर गरेका थिए । त्यसको एक वर्षपछि दुई देशबीच उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । चीनका तत्कालीन राष्ट्रपति ली सियान्नियानले ०४० चैत ६ देखि १० सम्म नेपाल भ्रमण गरेका थिए । त्यसको १३ वर्षपछि राष्ट्रपति जियाङ जमिनले ०५३ मंसिर १९ र २० मा नेपालको राजकीय भ्रमण गरेका थिए । उनीपछिका राष्ट्रपति हु जिन्ताओले १० वर्षे कार्यकालमा नेपाल भ्रमण गरेनन् । त्यसैले चीनबाट नेपालमा राष्ट्र प्रमुखस्तरको भ्रमण २३ वर्षपछि हुन लागेको छ । सी नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति हुन् । नेपालबाट चीनतर्फ २९ पटक उच्चस्तरीय भ्रमण भएको छ । असोज २५ गते राष्ट्रपति सीले गरेको नेपाल भ्रमण भने चीनको तर्फबाट १० औं उच्चस्तरीय भ्रमण हो ।

दुई देश बीचको उच्चस्तरीय भ्रमणले एक अर्काबीच सहयोग आदान प्रदान गर्न तथा जनस्तरसम्मको सम्बन्धलाई सुदृढ पार्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् ।

नेपालबाट चीनको उच्चस्तरीय भ्रमण

प्रधानमन्त्री टंकप्रसाद आचार्य, १९५६ सेप्टेम्बर
प्रधानमन्त्री बिपी कोइराला, १९५६ मार्च
राजा महेन्द्र, १९६० सेप्टेम्बर
राजा वीरेन्द्र १९७३, १९७६, १९७८, १९७९, १९८२, १९८७, १९९६, २००१ (आठपटक)
प्रधानमन्त्री मरिचमान सिंह १९८९ नोभेम्बर
प्रधानमन्त्री कीर्तिनिधि विष्ट, १९७२ नोभेम्बर, १९७८ सेप्टेम्बर
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, १९९२ मार्च
प्रधानमन्त्री मनमोहन अधिकारी, १९९५ अप्रिल
प्रधानमन्त्री शेरबहादुर देउवा १९९६ अप्रिल
युवराज पारस, २००४ अगस्ट
राजा ज्ञानेन्द्र, २००५
राष्ट्रपति डा. रामवरण यादव, सन् २०१० र सन् २०१५
राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०१९
प्रधानमन्त्री केपी शर्मा ओली सन् २०१६ र २०१८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन् २००९ र २०१७
प्रधानमन्त्री माधव नेपाल, सन् २०१०
प्रधानमन्त्री सुशील कोइराला सन् २०१४

चीनबाट नेपालको उच्चस्तरीय भ्रमण

प्रधानमन्त्री चाउ एन लाई, १९५७ जनवरी २५ देखि २९ र १९६० अप्रिल २६ देखि २९
राष्ट्रपति ली सियान्नियान, १९८४ मार्च १९ देखि २३
राष्ट्रपति जियाङ जमिन, १९९६ डिसेम्बर ४ र ५
प्रधानमन्त्री ली पिंग, १९८९ नोभेम्बर १९ देखि २१
प्रधानमन्त्री झु रोंग्झी, २००१ मार्च १४ देखि १६
प्रधानमन्त्री वेन जियावाओ २०१२ जनवरी १४
राष्ट्रपती सी चिनफिङ असोज २५ र २६ गते

भनिन्छ, सबैकुरा फेर्न सकिन्छ, छिमेकी फेर्न सकिदैँन । छिमेकी जस्तो परेपनि ऊ सँगको सम्बन्धलाई स्वीकार गर्नु र झेल्नुको विकल्प रहदैन । तर हाम्रो सौभाग्य हो कि, छिमेकी देश चीन विश्वकै शक्तिशाली छ । आर्थिक रुपमा सम्पन्न छ । विकास निर्माणको काममा विश्वले अनुशरण गर्नुपर्ने खालको छ । हामीले पनि छिमेकीसँगको सम्बन्ध उत्कृष्ट बनाउँदै विकासका काममा हातेमालो गर्दै अर्थतन्त्र बलियो बनाउन लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com