ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, २७ असोज  ।  चिनियाँ राष्ट्रपती सी चिनफिङ नेपालको दुई दिने राजकिय भ्रमण गरी स्वदेश फर्किएका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणमा राष्ट्रपती सी ले नेपाल भ्रमण गरेका हुन् । २३ वर्षपछि चिनियाँ उच्च तहबाट नेपालमा भएको यो भ्रमण निकै फलदायी र सफल भएको छ । दुई देश बीचको मैत्री सम्बन्ध अझ मजबुद भएको छ भने नेपाललाई यस भ्रमणले आर्थिक लाभ प्रदान गरेको छ । यस भ्रमणले ऐतिहासिक रुपमा पनि निकै नै महत्व राखेको छ ।

असोज २५ गते पौने ५ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका चिनिया राष्ट्रपति सी लाई स्वागत गर्न राष्ट्रपती विद्यादेवी भण्डारी र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली विमानसम्मै पुगेका थिए । सी को स्वागतमा उपराष्ट्रपती नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, प्रतिनिधि सभाकी उप सभामुख शिवमाया तुम्बाहाम्फे, मन्त्रीहरु लगायत उच्च पदस्थ व्यक्तिहरुले विमानस्थलमा स्वागत गरेका थिए । सीको उच्च सम्मानमा नेपाली सेनाले विमानस्थलमै गार्ड अफ रनर प्रदान गरेको थियो ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलपछि सी होटल सोल्टी पुगें । केही बेर आरामपछि राष्ट्रपती निवास शितल निवास पुगेर राष्ट्रपती विद्यादेवी भण्डारीसँग भेटवार्ता गरें । भेटवार्तामा नेपाल–चीन बीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल हुनुका साथै आपसी सम्बन्धलाई मजबुद बनाउने कुराकानी भयो । लगत्तै होटल सोल्टी फर्केका सी ले विपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरी नेपालमा जुन पार्टी सत्तामा आएपनि दुई देशबीचको सम्बन्ध स्थिर र मित्रवत रहने बताए भने चिनियाँ कम्युनिस्ट पार्टी नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको जनाए ।

सी को सम्मानमा राष्ट्रपती विद्यादेवी भण्डारीले आयोजना गरेको रात्री भोजमा सहभागी हुँदै चिनियाँ राष्ट्रपती सी जिनपिङले नेपालसँग कुनै पनि समस्यारहित सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल चीनविच सुविधाजनक ‘कनेक्टिभिटी’ निर्माण गर्ने, चीन–नेपाल सीमापार रेलमार्ग बन्ने, केरुङ–काठमाडौं सुरुङमार्ग, अरनिको राजमार्ग स्तरोन्नति गर्ने, बढीभन्दा बढी नाका खोल्ने र भूपरिवेष्ठित अवस्थाबाट भूजडित देश बन्ने नेपालको सपना साकार पार्न सहयोग गर्ने, भूकम्पपछिको पुनर्निर्माणमा चीनले जिम्मा लिएका योजनाहरूको पुनर्निर्माणमा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरे । नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट बढीभन्दा बढी पयर्टक पठाउन उत्प्रेरित गर्ने उनले प्रतिवद्धता जनाए । जलवायु परिवर्तनबाट परिरहेको असरका सन्दर्भमा नेपालको मागलाई सम्बोधन गर्न पनि तयार रहेको बताए ।

त्यसैगरी, सी संग राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समेत भेट गरे । भेटमा सी ले नेपालको राष्ट्रय सभा र चिनियाँ सांसदहरुसँगको सम्बन्धलाई विस्तार गर्दै नेपाल र चीनको मित्रतालाई अझ प्रबद्र्धन गर्न तयार रहेको बताए । सी ले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरुसँग भेटवार्ता गरी नेपाल चीनको सम्बन्ध अझ सुदृढ र सुमधुर बनाएर लैजानुपर्ने बताए । स्वच्छता र सुशासन कम्युनिष्ट पार्टीमा आवश्यक रहेको उनले नेताहरुलाई सुझाएका छन् । नेताहरुले एक चीन नीतिमा सरकार र पार्टी प्रतिबद्ध रहेको बताएका थिए ।

भ्रमणको दोस्रो दिन आइतबार विशेष महत्वको दिन रह्यो । नेपाल र चीनबीच औपचारिक छलफल भयो । भने राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दर्जनौं सहमति र समझदारीमा हस्ताक्षर भयो । जसले नेपालको विकास र समृद्धिमा निकै नै सहयोग पुराउने दिर्घकालीन महत्व बोकेको सम्झौताहरु भएका छन् । चीनले नेपाललाई ५६ अर्ब रुपैयाँ आर्थिक सहयोग पनि गर्ने भएको छ । नाका खोल्ने, रेल, कनेक्टिभिटी लगायत नेपालले चीनसँग राखेको चाहाना चीनले पुरा गर्ने भएको छ । दुईपक्षीय सम्झौतापछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपती सी जिनपिङबीच भेटवार्ता समेत भयो । त्यसपछि राष्ट्रपति सी आइतबार दिउसो स्वदेश फर्किएका छन् ।

यो भ्रमणबाट नेपाल र चीन बीच रहदैँ आएको सुमधुर सम्बन्ध पुनः एकपटक नवीकरण भएको छ । भ्रमणले जनस्तरसम्मको सम्बन्धलाई आत्मिय र न्यायो बनाउने छ । विकास र समृद्धिको बाटोमा हिडीरहेको नेपाललाई चिनले गर्ने सहयोग निकै नै महत्वपूर्ण रहेको छ । नेपालले राखेको अपेक्षा पुरा गर्न काम पुरा गरि छाड्नुपर्ने आफ्नो सहयोग निरन्तर रहने सीले बताउँदै गर्दा सी आफुले गरेको प्रतिवद्धता पुरा गर्न तम्तयार रहेको प्रष्ट छ । त्यसो त नेपालमा कम्युनिष्ट पार्टीकै शक्तिशाली सरकार हुनुले पनि चीन नेपालको सम्बन्धलाई अझ बलियो बनाउन सघाइरहेको सत्य हो । विचारको हिसाबले पनि चीन नेपाल नजिक रहेकोले सहयोग आदान प्रदानलाई निरन्तरता दिइने बताइएको छ । यो भ्रमणले राजनीतिक रुपमा नेपालप्रति चीनको केही आशंकाहरु रहेका रहेछन् भने पनि त्यसलाई मेटेर सम्बन्ध अझ सुदृढ बनाउने कुरामा बल पुगेको । दुई देशबीचको सहकार्यले पक्कैपनि दुवै देशलाई समृद्ध हुन सघाउ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com