ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति सीको राजकीय भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय प्रारम्भ, नेपालको कूटनीतिक कौशलता प्रदर्शन


एबीसी न्यूज

काठमाडौँ, २६ असोज ।  चीनका राष्ट्रपति सी चिनफिङले २३ वर्षपछि गर्नुभएको नेपालको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ भने नेपालको कूटनीतिक कौशलता पनि प्रदर्शन भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्राध्यक्षबाट भएकोे राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पु¥याउनुका साथै पारस्परिक विश्वास र समझदारीमा बढोत्तरी गरेको छ । राष्ट्रपति सीको यो भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई अझ घनीभूत मात्र तुल्याएको छैन समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राका लागि भरपर्दो साझेदार बनेको छ ।

राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच सम्पन्न द्विपक्षीय वार्ता र त्यसपछि दुई देशले आपसी साझेदारी र सहकार्य गर्ने सम्बन्धमा गरेका २० वटा समझदारी तथा सहमतिपत्रले चीन नेपालको सुखदुःखको साथी हो भन्ने थप पुष्टि गरेको छ ।

समृद्धितर्फको नेपालको यात्रामा सघाउन तथा भौतिक पूर्वाधारको अभाव हटाउन सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसँगै सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनुलाई भ्रमणको महत्वपूर्ण उपलब्धि मान्नुपर्छ । आगामी दुई वर्षका लागि आर्थिक सहायतास्वरुप रु ५६ अर्ब उपलब्ध गराउने राष्ट्रपति सीको घोषणाले नेपालप्रतिको चीनको मैत्री छर्लङ्ग पारेको छ । परियोजना प्रारम्भ गर्ने तर त्यसलाई पूर्णता प्रदान नगर्ने परिपाटिले लक्ष्यित विकास–निर्माणका कामले गति नलिने कार्यान्वयन तहमा खरो उत्रनै पर्ने सन्देश मात्र राष्ट्रपति सीले प्रवाह गर्नुभएन आफ्नो देशको विकासको रहस्य पनि उजागर गर्नुभयो ।

राष्ट्राध्यक्षको तहमा भएको यो भ्रमणबाट एकअर्काका चाहना र आवश्यकताबारे जानकारी लिन मद्दत पुग्नका साथै उच्च राजनीतिकस्तरमा सम्बन्धको नवीकरण एवं आत्मियता प्रकट गर्ने उपयुक्त अवसरका रुपमा राष्ट्रपति सीको भ्रमणलाई लिइएको छ ।

पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास, सम्मान र हितमा आधारित सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च नेपाल–चीन सम्बन्धलाई अझ समृद्ध बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्तिको प्रत्युत्तरमा राट्रपति सीले भूपरिवेष्टित नेपाललाई भूजडित तुल्याउन चीनले मद्दत गर्ने घोषणा गर्नु नेपालका निम्ति गौरव र गरिमाको विषय हो । चीन र नेपालबीचको आधा शताब्दीभन्दा बढीको औपचारिक सम्बन्ध विश्वमै नमूना बनेको राष्ट्रपतिको मन्तव्य मननीय छ जसले विश्वमानचित्रमा नेपालको ओज बढाएको छ ।

वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार गर्ने नेपाल सरकारको उद्देश्य पूरा गर्न चीनले निरन्तर सहायता गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको सन्दर्भमा राष्ट्राध्यक्षकै तहमा भएको घोषणाले नेपालीमात्र होइन नेपालको विकासका साझेदारसमेत उत्साहित भएका छन् । जतिसक्दो चाँडो अतिकमविकसित मुलुकबाट स्तरोन्नत हुँदै सन् २०३० सम्ममा मध्यम आय भएका मुलुकका रूपमा परिणत हुने नेपालको उद्देश्य प्राप्तिका लागि आन्तरिक स्रोत, साधनको अपर्याप्तता र वैदेशिक लगानीको खाँचो केहीहदसम्म भएपनि चीनबाट परिपूर्ति हुने विश्वास गरिएको छ । नेपाल सरकारले बाह्य लगानीको पूर्ण सुरक्षाको प्रत्याभूति हुनेमा आश्वस्त पार्दै चिनियाँ लगानीकर्तालाई उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत विकासलगायत सामाजिक क्षेत्रमा लगानीका निम्ति गरेको आह्वानको चिनियाँ पक्षले सकारात्मक रुपमा लिनुलाई भ्रमणको उपलब्धि मान्नुपर्छ ।

सङ्घारमै आएको नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन तथा अधिकभन्दा अधिक चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा प्रेरित गर्न धार्मिक पर्यटन प्रवद्र्धनको प्रसङ्ग कोट्याउँदै चिनियाँ राष्ट्रपतिले बहुल बौद्धमार्गी आफ्नो देशका नागरिकलाई ‘लुम्बिनीको यात्रामा प्रोत्साहन गर्ने’ बचनबद्धता प्रकट गर्नुलाई पनि सकारात्मक रुपमा लिनुपर्छ । विदेशी मित्रहरूको सद्भाव, समर्थन र सहयोगले हामीले हाम्रो मुलुक आफै निर्माण गर्ने हो, हामीसँग जादूको छडि छैन नत चीनलगायत नेपालको विकासका साझेदारसँग । इमानदारी, राष्ट्रिय स्वार्थ र हितलाई केन्द्रमा राखेर निष्ठापूर्वक सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेमा राष्ट्र निर्माणको महाअभियानले सार्थकता पाउने छ । एकैरातमा सामाजिक–आर्थिक रुपान्तरण सम्भव छैन र त्यसको अपेक्षा पनि कसैले गर्नु हुँदैन ।

नेपाल र चीनबीचको व्यापार असन्तुलन घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनु तथा अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठन गर्ने समझदारीले द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपालबाट अमिलो वर्गका फलफूल चीन निर्यात गर्न मार्गप्रशस्त गर्ने द्विपक्षीय समझदारीबाट पनि मुलुकमा निर्यात प्रवद्र्धनमा योगदान हुने ठानिएको छ ।

दुईदिने नेपाल बसाइका क्रममा आफ्ना चिनियाँ समकक्षीसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गर्नुभयो भने प्रधानमन्त्री ओली नेतृत्वको टोलीसँग उहाँले प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बेग्लाबेग्लै भेटेर समसामयिक विषयमा विचार विमर्श गर्नुभएको थियो ।

त्यसैगरी उहाँले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का शीर्ष नेतासँग आग्रहलाई राजनीतिक संस्कार र व्यवहार परिपक्व तुल्याउन टेवा पुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा चीनमा आफूहरूले जनता र राष्ट्रलाई सही बाटामा डो¥याएका कारण जनताको अपार समर्थन रहेको यथार्थ सुनाएर मैत्री र एकताको सन्देश प्रवाह गर्न राष्ट्रपति सीको भ्रमण सफल भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com