ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्तिसुरक्षा एवं सुशासन प्रदेशको पहिलो सर्त– मुख्यमन्त्री राई


एबीसी न्यूज
आश्विन २४, २०७६ शुक्रबार  ३ : ३४ बजे

काठमाडौं, २४ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा एवं सुशासन प्रदेश सरकारको पहिलो सर्त रहेको बताउनुभएको छ ।

प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आज यहाँ ६४औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश शान्तिको मार्गमा हिँडिरहेकाले विगतको जस्तो झमेला व्यहोर्नु नपर्ने विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले अपराधमुक्त प्रदेश बनाउने सरकारको सङ्कल्पलाई नेपाल प्रहरीले निष्ठावान् भएर काम गर्नुपर्ने धारणा राख्दै मुलुकमा उच्च छवि र समाजमा विश्वास आर्जन गरेको नेपाल प्रहरीलाई सुदृढ गर्दै लैजाने बताउनुभयो । उहाँले आगामी दिनमा हुने लगानी सम्मेलनबाट पर्यटन, पूर्वाधार र जलस्रोतको क्षेत्रमा व्यापक परिवर्तन आउने भन्दै सुरक्षा बिना देशको विकास हुन नसक्ने भएकाले नेपाल प्रहरी यसमा दत्तचित भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले देश र जनताका निम्ति कर्तव्यपालना गर्ने क्रममा ज्यान गुमाएका प्रहरीहरुप्रति हार्दिक श्रद्धाञ्जलि पनि अर्पण गर्नुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनता र राष्ट्रको सुरक्षामा अहोरात्र खटिने प्रहरी सङ्गठनको कामलाई सराहना गर्दै प्रदेश प्रहरी ऐन ल्याएर प्रहरी सङ्गठनलाई अझ बलियो बनाउने बताउनुभयो । उहाँले सूचना र प्रविधिको विकाससँगै हुने नयाँ किसिमको अपराध र घटनालाई सामना गर्ने किसिमको प्रहरी सङ्गठन बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्नेमा दृढता व्यक्त गर्नुभयो ।प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले सीमित साधन र स्रोतको उच्चतम प्रयोग गरी नेपाल प्रहरी सदैव नेपाली जनताका सेवा र सुरक्षामा खटिरहेको दाबी गर्नुभयो ।

कार्यक्रममा अपराध र शान्तिसुरक्षामा अहम् भूमिका निर्वाह गर्ने भोजपुरका प्रहरी जवान खेमनाथ भट्टराईलाई रु ५० हजार, भोजपुरकै प्रहरी जवान सुरेन्द्र माझीलाई रु २५ हजार र इलामका प्रहरी जवान मुकुन्द माझीलाई रु २५ हजार राशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कार प्रदान गरियो । एसइई परीक्षामा उत्कृष्ट हुने प्रहरी परिवारका १० जना विद्यार्थीलाई जनही रु १० हजारको छात्रवृति पनि प्रदान गरियो । सोही कार्यक्रम खेलकूदतर्फ ब्याडमिन्टन र दौडमा विजयी हुने प्रहरीलाई पनि पुरस्कृत गरियो भने प्रदेश प्रहरी परिवार सङ्गठनले अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com