ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डोनेसियाली मन्त्रीमाथि आतंकवादी आक्रमण


एबीसी न्यूज
आश्विन २३, २०७६ बिहीबार  ७ : १३ बजे

जकार्ता, २३ असोज । आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आबद्ध दुई व्यक्तिले इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ ।

इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा भर्ना गरेर आपतकालीन उपचार गरिएको छ । स्थानीय टेलिभिजनले प्रसार गरिरहेका दृश्यहरुमा सुरक्षाकर्मीले जाभा द्वीपको पान्डेग्लाङमा दुई जनालाई पक्राउ गरिरहेको देखाएका छन् । विरान्तोलाई यही स्थानमा आक्रमण गरिएको थियो । आफ्नो सवारी साधनबाट ओर्लनासाथ स्थानीय मानिससँग भेटघाट गर्नेक्रममा उहाँमाथि आक्रमण भएको थियो । शंकास्पद व्यक्तिहरुमा ३१ वर्षीय स्याहरिल अलाम्साह र २१ वर्षीया फित्री एन्ड्रीयाना रहेका छन् । उनीहरु विवाहित दम्पती हुन् ।

उनीहरु इन्डोनेसियाका प्रतिबन्धित जमाह अन्सारुत डउलाह जेएडीका सदस्यहरु रहेको गुप्तचर निकायका प्रमुख बुडी गुनावानले बताउनुभयो । यो समूहले गत वर्ष इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायाका इसाई गिर्जाघरहरुमा आत्मघाती आक्रमण गरेको थियो । छुरा प्रहार भएलगत्तै ७२ वर्षीय विरान्तोलाई हेलिकप्टरमा राखेर राजधानी जकार्तास्थित अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार उहाँमाथि यसअघि पनि दुई पटक असफल हत्या प्रयास गरिएको थियो ।

इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले विरान्तोको शल्यक्रिया गरिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आतंकवाद र कट्टरपन्थी विचारधारालाई हामी सबैले मिलेर परास्त गर्नुको विकल्प छैन ।”विरान्तोसँगै एक जना स्थानीय प्रहरी प्रमुख र उहाँका दुई जना सहयोगीमाथि पनि छुरा प्रहार भएको थियो । तर उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

सम्बन्धित

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com