ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सधैँको पीर सिद्धबाबा भिर


एबीसी न्यूज
आश्विन २३, २०७६ बिहीबार  २ : ३३ बजे

काठमाडौं, २३ असोज । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुङ्गा खस्यो । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा माथिबाट एक्कासि ढुङ्गा खसेपछि बसमा सवार सबै यात्रु चिच्याए । ढुङ्गा खसेर बसको अगाडिको भागमा बज्रिँदा बसका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ बस्ने ३५ वर्षीय कमल राउत गम्भीर घाइते भए । बसमा सवार अन्य यात्रु भने सकुशल नै रहे ।

झण्डै चार हप्ताअघि भदौ २७ गतेका दिन यही सडकखण्डकोे सिद्धबाबा क्षेत्रमा एकैचोटि दुई वटा गाडी पहिरोले पु¥यो । पाल्पातर्फ जाँदै गरेको लु१ज २६१७ नंको जीप र पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु२च ५९३८ नंको स्कारपियो पहिरोले पुरिँदा गुल्मी छापचौरका कमल सुनारले ज्यान गुमाए । अन्य चार जना घाइते भए ।

यो घटनाको ठीक एक महीना अगाडि गत असार २८ गते सिद्धबाबा क्षेत्रमै पहिरोमा परेर पाल्पा मित्यालका धनबहादुर सुनारीले ज्यान गुमाए । लु५०प ४६७१ नंको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गर्दा सुनारी पहिरोमा परेका थिए । पहिरोसँगै बगेर भिरमा अड्किएका सुनारीको शव ३ घण्टापछि प्रहरीले भिरबाट निकालेको थियो ।

हिउँद होस् या बर्खा सिद्धबाबा क्षेत्रमा गइरहने पहिरोले यहाँको यात्रा निकै कष्टकर र त्रासदीपूर्ण बन्ने गरेको छ । यात्रु तथा सवारी चालकले ज्यान जोखिममा राखेर यात्रा गर्नु परेको गुनासो गर्छन । “सिद्धबाबा त अहिले सारै डरलाग्दो भयो, सडक पार नगर्दासम्म कहाँनिर ढुङ्गा खस्छ भनेर गाडी कुदाउनुपर्छ”, विगत १० वर्षदेखि बुटवल–तम्घास–अर्घाखाँची रुटमा सवारी चलाउँदै आएका कुलबहादुर रास्कोटी भन्नुहुन्छ, “अब यो सडकको विकल्प खोज्नुपर्छ ।”

मौसम खराब हुने बित्तिकै सिद्धबाबामा पहिरो र ढुङ्गा खस्ने भएका कारण बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जातर्फ जाने सवारी चालकहरु डराउँछन् । पानी परेका बेला त्यतातिर गाडी जान मान्दैनन्, गए पनि ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता छ, बुटवल पाल्पा बस काउन्टरका कर्मचारी जोग बहादुर श्रेष्ठ भन्छन् ।

सिद्धबाबा क्षेत्र हुँदै प्रत्येक दिन सानाठूला गरी चार हजार एक सय सवारी गुड्ने गरेको दोभान प्रहरी चौकीका हवल्दार पाराशोर डाँगीले जानकारी दिनुभयो । बुटवल बसपार्कबाट पाल्पाका लागि दैनिक ५२ वटा बस छुट्छन् । तीमध्ये नौ वटा पाल्पाका खानीगाउँ, दर्लम, बतासे लगायतका स्थानमा पुग्छन् । प्रत्येक १५/१५ मिनेटमा सिद्धबाबाको जोखिमयुक्त सडक पार गरेर सवारी चालक र यात्रुहरुले यात्रा गर्ने गर्छन । “अप्ठ्यारो भनेर के गर्नु हरेक दिन यात्रा गर्नुपर्ने बाध्यता छ, सिद्धबाबा पुगेपछि यात्रु पनि सारै डराउँछन्”, लु२ख ४२९८ नंको बसका सहचालक नारायण बहादुर राना भन्छन्, “सिद्धबाबा भिर कटेपछि बल्ल सास फेर्छौं ।”

“बुटवल आउने काम परिरहन्छ तर सिद्धबाबाको सडकले सातो लैजान्छ, न त हिँडेर निर्वाह हुन्छ”, पाल्पा तानसेनकी मैना सुवेदी भन्छिन्, “भगवान्को नाम जपेर यात्रा गर्छु ।” सिद्धबाबा क्षेत्र हुँदै पश्चिम नेपाल बस व्यवसायी प्रालीका झण्डै ३०० गाडी आवतजावत गर्ने गरेको अध्यक्ष दधिराम खरेल बताउँछन् । “सडकको अवस्था ज्यादै नाजुक भयो”, अध्यक्ष खरेल भन्नुहुन्छ, “सरकारले सडकको विकल्प खोज्नुपर्छ ।”सिद्धबाबा सडकको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले वैकल्पिक सडकका रुपमा बुटवलदेखि चरङ्गे हँुदै झुम्सासम्मको सडक निर्माण प्रक्रिया शुरु गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नुरमोहम्मद खाँ बताउँछन् । यो सडक निर्माणका लागि रु १० करोड बजेट विनियोजन भएको उनको भनाइ छ ।

सिद्धबाबा सडकको जोखिम सधँैका लागि अन्त्य गर्न सरकारले सुरुङ मार्गको प्रक्रिया अगाडि बढाएको पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । “सिद्धबाबा सडकको विषयलाई सरकारले गम्भीर रुपमा लिएर सुरुङ मार्गको प्रक्रिया अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “केही महीनामै टेन्डर गर्ने तयारी छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com