ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि


एबीसी न्यूज
२३ आश्विन २०७६, बिहिबार   २ : ०५   बजे

काठमाडौं, २३ असोज । विजयादशमी मनाएर उपत्यका फर्कने यात्रुको सङ्ख्या बढेको छ । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर आफ्नो कर्मथलो उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हो ।

ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार बुधबार बिहानदेखि बिहिबार बिहानसम्म ११ हजार ४२१ सवारीसाधनमा ७० हजार ७५९ यात्रु उपत्यका भित्रिएका छन् । यस्तै नौ हजार ६७३ सवारीसाधनमा ५६ हजार ७०५ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा धेरै यात्रु भक्तपुरको जगाती नाका हुँदै उपत्यका भित्रिएका छन् । जगातीबाट ३८ हजार ९३३, नागढुङगा नाकाबाट २६ हजार ३५७, मुड्खुबाट एक हजार ४८७ र फर्पिङ नाका हुँदै तीन हजार ९८२ यात्रु उपत्यका भित्रिएका हुन् ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले विजया दशमी सकिएसँगै कर्म थलो फर्कने यात्रुको सङ्ख्या वृद्धि भएको बताउनुभयो । “उपत्यकाबाट बाहिरीने यात्रुभन्दा उपत्यका भित्रिने यात्रुको संख्या बढी छ”, उहाँले भन्नुभयो । दशैँको अष्टमीदेखि विजयादशमीसम्म काठमाडौँको सडक सुनसान भए पनि यात्रु भित्रिएसँगै उपत्यकाका सडकमा विस्तारै चहलपहलसमेत बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu