ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनको बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना


admin


चितवन, २० असोज । चितवनको बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।

पर्यटकीय क्षेत्र सौराहामा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आज गैरआवासिय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेले उद्घाटन गर्नुभयो ।

सङ्ग्रहालयसँगै स्थापना भएको अनुसन्धान केन्द्र नेपालकै पहिलो हो । अहिलेसम्म नेपालमा सङ्ग्रहालयसँगै अनुसन्धान केन्द्र बनेको छैन । एनआरएनएका पूर्वअध्यक्ष लामिछानेले थारु कला संस्कृतिको बारेमा अनुसन्धान गर्न अब सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

अनुसन्धान केन्द्रको भवन निर्माणका लागि लामिछाने नै अध्यक्ष रहेको खेमलाल र हरिकला लामिछाने प्रतिष्ठानले १२ लाख ३१ हजार १६१ सहयोग गरेको थियो ।

यस्तै निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमअन्तर्गत सांसद सुरेन्द्र पाण्डे र रुकमणि चौधरीबाट १० लाख सहयोग गर्नुभएको छ । यसैगरी रत्नगर नगरपालिका वडा नं ५, ६ र ७ बाट चार लाख, थारु सांस्कृतिक सङ्ग्रहालयको आन्तरिक स्रोतबाट पाँच लाख, फ्रान्सका स्वयंमसेवी विद्यार्थीबाट दुई लाख सहयोग प्राप्त भएको सङ्ग्रहालयका अध्यक्ष वीरेन्द्र महतोले जानकारी दिनुभयो ।

कार्यक्रममा थारु सांस्कृतिक सङ्ग्रहालयले समाजसेवी लामिछानेलाई सम्मान गरिएको थियो । बछौलीमा २०६३ सालमा थारु सांस्कृतिक सङ्ग्रहालयको स्थापना भएको थियो । अहिले यो सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी तथा स्वदेशी पर्यटक आउने गरेका छन् । स्थानीय थारु समुदाय, राष्ट्रिय प्रकृति संरक्षण कोष र थारु सांस्कृतिक सङ्ग्रहालय मिलेर अनुसन्धान केन्द्रको स्थापना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com