ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपडा बैंकप्रति दलित असहायको आकर्षण बढ्दो


एबीसी न्यूज

काठमाडौं, १७ असोज । रिक्सा चलाएर गुजारा गर्दै आएका सर्लाही रेहुवाका ४० वर्षीय सञ्जय पासवान दिनभरिको थकाइपछि राति घर जाँदा १२ वर्षीय छोराले दशैँमा नयाँ लुगा किनीदिन सधैँभरि आग्रह गर्दै आएका थिए । उहाँको रिक्सा कमाईले घर धान्न धौधौ परिरहेको थियो ।

सधैँभरिको छोराको जिद्दीबाट आजित भइसकेका बेला छोराको मागलाई पूरा गरिदियो, कपडा बैँकले । उहाँलाई आफ्नो घरपरिवारको नानीहरुका लागि धेरै पटक त्यही बैंकबाट लुगा लगेर दशँैको साइत जुराइदिएको छ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, व्यवस्थित वीरगञ्ज अभियान तथा वुमेन क्रिएशनले संयुक्त रुपमा सञ्चालनमा ल्याएको कपडा बैंकले पासवानलाई मात्र होइन अन्य दलित असहाय र मजदूरहरुका लागि बरदान साबित भएको छ ।

“हामी गरीब छाँै, दैनिक गुजारा गरेर परिवारको पेट पाल्ने गरेका छाँै, कसरी छोराछोरीलाई दशैँजस्तो पर्वमा नयाँ लुगा किन्न सक्छु र रु”, सुखदी मल्लिक डोमले आफ्नो पीडा पोख्दै भनिन्, “तर खोज्दै जाँदा हाम्रा नानीहरुका लागि निःशुल्क लुगा बाँड्ने कपडा बैंक फेला पा¥याँै र त्यही बैंकबाट कपडा ल्याएर छोराछोरीका माग पूरा गर्दा धेरै खुशी लागेको छ ।”

हप्तामा एक दिन गरीब तथा दलित बस्तीमै गएर पुराना कपडा बाँड्ने र यसमा सबै कपडा दाताको राम्रो सहयोग भएकाले लामो समयसम्म कपडा बैंकलाई सञ्चालन गरी गरीब, दलित तथा असहायलाई सेवा गर्ने योजना रहेको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीपराज कार्कीले बताउनुभयो ।

दुईछाक टार्न धौधौ पर्ने दलित तथा विपन्न परिवारलाई त दशैँमा नानीहरुलाई नयाँ लुगा किनिदिन सपना जस्तै भएको भन्दै वीरगञ्जकै सुनैना, गौरी, निशा, हरि, अजय राउतले एकै स्वरमा भने, “खोज्दा देउता पनि भेटिन्छ भने झँै कपडा बैंक भेटिएपछि त्यहाँबाट लुगा लगेको त हाम्रा छोराछोरी पनि खुशीले दशैँ मनाउने थालेका छन् ।”

“दाताहरुले आफ्ना घरमा भएका पुराना लुगाहरु हाम्रो बैंकमा दिने गर्छन् र त्यो कपडा हामीले दलित, गरीब तथा असहायलाई निःशुल्क बाँड्ने गर्दछौँ”, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले भन्नुभयो, “यस कपडा बैंकबाट वीरगञ्ज तथा वरिपरिका गाउँका रिक्सा, ठेलावाला, गरीब, दलित तथा मजदूरहरु बढी लाभान्वित हुने गरेका छन् ।”

हप्तामा तीन दिन अर्थात् सोमबार, बुधबार र शुक्रबार साँझ ५ः०० बजे खुल्ने सो कपडा बैंक निरन्तर चलिरहने बताइएको छ । करीब डेढ महीनादेखि सञ्चालनमा रहेको सो कपडा बैंकबाट हालसम्म दुई हजारभन्दा बढी गरीब, दलित लाभान्वित भएको वुमेन क्रिएशनका अध्यक्ष नुतन सरावगीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तिहारका लागि नयाँ नयाँ लुगाहरु दलित बस्तीका घरमै गएर बाँड्ने योजना रहेको छ ।” ‘सबैको हात, सबैको साथ, जरुरतमन्द र असहाय व्यक्तिका लागि कपडा बैंक’ भन्ने नाराका साथ शुरु भएको यस बैंकका कारण गरीब, दलित असहायलाई हुने कपडाको आवश्यकतालाई धेरै हदसम्म पूरा गर्ने भएकाले दशैँमा लुगाको जोहो गर्न त्यति समस्या नभएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com