ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माणाधीन विद्यालय अलपत्र परेपछि डेटिङस्थल जस्तै बन्दै (भिडियोसहित)


एबीसी न्यूज

झापा,१५ असोज । झापाको पाको एक निर्माणाधिन विद्यालय भवन एक वर्षदेखि अलपत्र छ । भारतीय सहयोगमा निर्माण थालिएको भवन एक वर्षदेखि अलपत्र छ । भवन निर्माणाधिन अवस्थामा छोडेर बेपत्ता भएपछि शिक्षाको मन्दिर विद्यालय भवन डेटिङ स्थल जस्तै बनेको छ ।

यो दृष्य हो, झापाको भद्रपुर नगपालिका ३ सुर्यनगर स्थित अरनिको माध्यमिक विद्यालयको अधुरो भवन हो । विद्याको मन्दिर निर्माण कम्पनी चरम बेइमानीको कारण अधुरो भएको हो । अधुरो भवनमा विद्यार्थीहरु बसेर अध्ययन गर्न बाध्य छन् । विद्यार्थीहरु जोखिम मोल्दै पठनपाठन गर्न बाध्य मात्रै छैनन् । विद्यालय समयपछि अधूरो भवन डेटिङ स्पट जस्तै बन्दै गएको छ । ओत भन्दा अन्य कुनै सुविधा छैन अधुरो भवनमा । झ्याल ढोकाविहिन् छ । न त विद्यालयको कक्षा कोठामा बिजुली छ, खानेपानी र शौचालयको समस्या पनि उस्ते छ । भवन नबन्दा निक्कै दुःखले पठनपाठन गर्नु परेको विद्यार्थीहरु बताउँछन ।

बर्षातको बेला कक्षा कोठामा पानी पस्छ, हावाहुरी चल्दा कक्षा कोठामा बस्नै सकिदनै, गर्मीमा पंखा चलाउने विजुलीको व्यवस्था पनि छैन । यस्तो समस्याका बाबजुद विद्यार्थीहरुलाई पढाउनुपर्ने बाध्यता भएको शिक्षक खेमराज चिमरिया बताउछन ।वि.सं. २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तोरन्ततीका लागि भारत सरकारले चार करोड २१ लाख रुपैयाँ अनुदान दिएको हो । २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएको थियो । ठेक्का लिएको करिब चार वर्षपछि अर्थात २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु भएको थियो ।

तत्कालिन जिल्ला विकास समिति झापाको प्राविधिक रेखदेखमा सुरु भएको विद्यालय भवनको निर्माण कार्य विगत एक वर्षदेखि ठप्प बनेको छ । विद्यालय भवन अधुरो छाडदा विद्यालयको शैक्षिक गुणस्तर खस्किनुका साथै विद्यालयको भौतिक वस्तुको सुरक्षा समेत चुनौति छ । यति मात्रै होइन, सन्ध्याकालीन समयमा त विद्यालय भवन डेटिङ स्थल बन्ने गरेको प्राधानाध्यापक पुरुषोत्तम् खरेलले बताए । तत्कालीन गृहमन्त्री समेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भवनको शिलान्यस गरेका थिए । तर भवन अहिलेसम्म बन्न सकेको छैन । अहिले बनेको भवन पनि मापदण्ड अनुसार नबनेको र निर्माण कम्पनीले पेटी ठेकेदार जिम्मा लगाउँदा भवन आज यो अवस्थामा पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप सुवेदी बताउँछन् ।

२०६७ सालमा भवनको ठेक्का लागेको पनि १० वर्ष बित्न लाग्दा समेत विद्यालय भवन पूरा हुने छांटकांट छैन । यस विषयमा विद्यालयले तत्कालिन जिल्ला विकास समिति झापा, तत्कालिन शिक्षा कार्यालय झापा, जिल्ला प्रशासन कार्यालय झापा, भद्रपुर नगरपालिका कार्यालयमा लिखित रुपमै ध्यानाकर्षण गराइसकेको छ । यता जनप्रतिनिधि आएपछि अधुरो विद्यालय भवनका निर्माणका लागि पटक पटक स्थलगत निरीक्षण गरिसकेका छन् । तर विद्यालय भवनको निर्माण कार्य सम्पन्न गराउन जिल्ला समन्वय समिति झापाले पहल गरिरहेको आश्वासन दिन्छन् समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले बताए ।

अरनिको माविस“गै भारतीय सहयोगमा जिल्लाको अरु विद्यालय बनिसकेको अवस्था छ । अरनिको मावि बनाउने मुल ठेकेदार र पेटी ठेकेदार बीचको आपसी लेनदेनको विषयसंगै जिम्मेवारहरुको मजाकका कारण भवन अलपत्र भएको हो । यसर्थ जिम्मेवार कम्पनीलाई ताकेता गरि अविलम्ब निर्माण गर्न सबैको पहल आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com