ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभिभावकत्व लिइएका विद्यार्थीलाई प्रधानमन्त्रीको दशैँ खर्च


एबीसी न्यूज
आश्विन १४, २०७६ मंगलबार  ६ : ३९ बजे

काठमाडौँ, १४ असोज । डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाउनुभएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले नेपालीहरुको महान् चाड दशैँका अवसरमा प्रगतिको कामनासहित जनही रु पाँच हजार खर्च पठाउनुभएको हो । ती सबै विद्यार्थी अहिले कक्षा २ मा अध्ययनरत छन् ।

उक्त खर्च निजी सचिवालयलमार्फत सोमबार सम्बन्धित विद्यालयको प्रधानाध्यापक र विद्यार्थीका अभिभावकको समन्वयमा बैंकमा जम्मा गराइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्रीले देशका सबै बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उचित शिक्षाको प्रबन्धका लागि नीतिगत सुधारको पहल गर्दै आउनुभएको र थप सकारात्मक सन्देश प्रवाहका लागि ती विद्यार्थीलाई प्रतिनिधिका रूपमा सहयोग गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि ती विद्यार्थीलाई गत पुस र साउनमा पनि आर्थिक सहयोग र स्टेशनरी पठाइएको थियो ।

दुई वर्षभित्र मुलुकबाट निरक्षरता हटाउने घोषणासहित शुरु भएको भर्ना अभियानअन्तर्गत प्रधानमन्त्री ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले २०७५ वैशाख १ गते कर्णाली प्रदेशको मुगु र वैशाख ६ गते प्रदेश नं २ को सिरहामा कक्षा १ मा ती विद्यार्थी भर्ना गराई अभिभावकत्व ग्रहण गर्नुभएको थियो । सो दिन मुगुमा रारा पर्यटन महोत्सवको उद्घाटन, नयाँ वर्षमा देशवासीका नाममा सम्बोधन र विद्यार्थी भर्ना अभियानको थालनी भएको थियो ।

प्रधानमन्त्रीसहित अन्य राष्ट्रिय नेता र मन्त्रीहरुले विभिन्न जिल्लामा वैशाखको पहिलो साता विद्यार्थी भर्ना गराउनुभएको थियो । अभिभावकत्व लिइएका विद्यार्थीको पढाइ बिग्रिएको र नेताहरुले चासो नदिएको भन्ने समाचारसमेत प्रकाशन भएपछि ती नेताका सचिवालयले थप चासो दिन थालेको हो ।

प्रधानमन्त्री ओलीले मुगुको कार्मारोङ गाउँपालिका–८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका छ वर्षीया छोरी थिल्ने साङ तामाङलाई बुद्ध मावि विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरणको शुभारम्भ गर्नुुभएको थियो । प्रधानमन्त्रीपत्नी शाक्यले सोही विद्यालयमा छेरिङ छोन्तोम लामालाई भर्ना गराउनुभएको थियो ।

विसं २०७५ असोज १० गते पनि प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालयका प्रतिनिधि तथा उहाँका प्रेस संयोजक चेतन अधिकारीले सिरहाको उक्त विद्यालयमा पुगी ती विद्यार्थीलाई सहयोग गरी उनीहरुको पढाइ र अन्य स्थिति बुझ्नुभएको थियो । संयोजक अधिकारीले कल्याणपुरका दुई विद्यार्थीको पढाइ र पारिवारिक अवस्था बुझी प्रधानाध्यापक लालदेव शाहमार्फत स्टेनशरी र पोसाक खर्च प्रदान गर्नुभएको थियो । सचिवालयका तर्फबाट त्यसअघि मुगुमा भर्ना गरिएको विद्यार्थीबारे चासो दिई सहयोग गरिएको थियो ।

रामदुलारी माविमा भर्ना भएका पाँच वर्षीय पवन मल्लिक र छ वर्षीया रुपा खत्वेका बुबाआमा डोको र डालो बुन्ने काम गर्छन् । सोही विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भर्ना गराउनुभएका विद्यार्थी राहुल महरा पनि अध्ययनरत छन् । सो विद्यालयका प्रधानाध्यापक शाहले प्रधानमन्त्रीको सचिवालयले समयसमयमा रकम र स्टेशनरी पठाइरहेको र दशैँ खर्चसमेत पठाएको बताउनुभयो ।

हाल विद्यालय जाने उमेरका विद्यार्थीको भर्नादर ९७ दशमलव ६ प्रतिशत छ । सरकारले घोषणा हुन बाँकी २० जिल्ला पूर्ण साक्षर गराउने तयारी गरेको छ । ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ सो वर्ष सञ्चालित पहिलो चरणको भर्ना अभियानमा विद्यालयबाहिर रहेका कक्षा १ देखि ५ ९५ देखि ९ वर्ष उमेर समूहका० अठासी हजार २०७ मध्ये छयहत्तर हजार ६५७ विद्यार्थी भर्ना भएका थिए ।

सरकारले पहिलो चरणको विद्यार्थी भर्ना अभियानको सफलतापछि विद्यार्थीलाई टिकाइराख्न र बाँकी विद्यार्थीलाई विद्यालयमा ल्याउन अभियान सञ्चालन जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com