ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाइनुपर्नेमा जोड


एबीसी न्यूज
१४ आश्विन २०७६, मंगलबार   ४ : १२   बजे

काठमाडौँ, १४ असोज ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई तत्काल अगाडि बढाइनुपर्नेमा गोरखा जिल्लाका राजनीतिक नेतृत्वले जोड दिएका छन् ।

गोरखा पत्रकार मञ्चले दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले गोरखाका साथै मुलुकलाई नै समृद्ध बनाउने सो परियोजना निर्माणमा कुनै पनि विलम्ब गर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आयोजना सम्पन्न गर्न स्थानीयको सहयोग र सद्भाव रहँदा पनि निर्माणले गति लिन नसक्नु दुःखद् भएको बताउनुभयो ।

“आयोजनालाई अगाडि बढाउन स्थानीयको अत्यन्त ठूलो सहयोग रहेको छ, स्थानीयले कुनै विरोध नगरी मुआब्जा लिएको घटना कमै पाइन्छ”, उहाँले भन्नुभयो, “दुर्भाग्यवश यति हुँदा पनि निर्माणले गति लिन सकेको छैन ।”

सांसद एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य हरिराज अधिकारीले बूढीगण्डकी आयोजना निर्माणमा अलमल हुँदा समग्र जिल्लाको विकास नै पछि परेको बताउनुभयो । “यति ठूलो आयोजना अलपत्र छ, बूढीगण्डकी बनेदेखि जिल्लाको विकास धेरै माथि उठ्ने थियो”, उहाँले भन्नुभयो ।

सांसद चूडामणि खड्काले जिल्लाको विकास निर्माणमा सरोकारवाला सबैको ध्यान जानुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कमला पन्तले जिल्लाको विकास निर्माणमा पक्षविपक्ष नभनी लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा नेता लेखनाथ न्यौपाने, पत्रकार खिलबहादुर भण्डारी, रामजी दाहाल, सुशील अर्याललगायतले गोरखाली पत्रकारले जिल्लाको विकास निर्माणका साथै विभिन्न मुद्दामा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu