ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैपटक गयो महराको संसद र सभामुखको पद, यस्तो छ महराको राजनीतिक इतिहास


एबीसी न्यूज

काठमाडौं १४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानवीन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सभामुखको नैतिक आचरणका सम्बन्धमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै नेकपाले सो निर्णय गरेको हो ।

संविधान र प्रतिनिधिसभा नियवावली २०७५ अनुसार सभामुख महराले उपसभामुख समक्ष राजीनामा दिनुपर्ने हुन्छ। नियमावलीको दफा २११ अनुसार सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहम्फेसमक्ष लिखित राजीनामा दिनुपर्ने हुन्छ । उच्च स्रोतका अनुसार महराको आजै साँझसम्म राजिनामा आउने सम्भावना बलियो रहेको छ । राजिनामा आएपछि प्रहरीले घटनाका विषयमा थप अनुसन्धान शुरु गर्ने जनाइएको छ ।

यस्तो छ महराको राजनीतिक इतिहाँस

कृष्णबहादुर महरा ‘अमरसिंह’ एकीकृत नेपाल कम्युनिष्ट पार्टी मा ओवादीका महासचिव हुन् । उनी पूर्वउपप्रधान एवं गृहमन्त्री पनि हुन् ।महरा सरकार(माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्वउप्रधान तथा गृहमन्त्री हुन् ।

उनी पटकपटक सूचना तथा सञ्चारमन्त्री बनिसकेका छन् । सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो । योसँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरे । योसँगै विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागिसमेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

२०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा संचारमन्त्री समेत भएका थिए। २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १बाट विजयी बनेकामहरा लगातार तीनवटा चुनाव जित्ने एक मात्र एमाओवादीका नेता हुन । अन्य नेताहरुले यो अवसर पाएका छैनन् ।

महराले रोल्पा जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। बि.सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा २०५२ देखि भू’मिगत भए। माओवादी बिद्रोह सुरू भएपछि कृष्णबहादुर महरा सपरिवार नै भूमिगत भए । रोल्पा जिल्लाको लिवाङ गाविस वडा नम्बर ७ मेबाङमा रविचन्द्र र समुद्रादेवीको छोराको रूपमा जन्मिएका महराका २ छोरा २ छोरी छन् । महराका दुई छोरा निर्मल महरा र राहुल महरा पार्टी सङ्गठनमै क्रियाशील छन् भने छोरीहरू छोरीहरु प्रगति र उन्नति पनि पार्टीमै छन् । कतिपय नेताहरुले आफ्ना छोराछोरी बिदेश पढाइरहँदा महराले भने आफ्ना छोराछोरीलाई युद्धमै होमेका थिए । दुबै छोराले ज नुमक्ति सेनाबाट गत वष मात्रै अवकाश लिएका थिए भने छोरीहरु सांस्कृतिक फाँटबाट घर व्यवहारमा जुटेका छन् ।

निकै सरल स्वभावका महरा आर्थिकरूपमा पनि निकै पारदर्शी र मितव्ययी मानिन्छन् । केही वषअघि मात्र श्रीमतीको उपचार गर्दा पनि भारतका प्रवासी नेपालीहरुसँग र गत सहयोग मागेर काम चलाएका थिए । अन्य नेता कायकर्ताहरु निजी सम्पत्ति जोड्न लागिरहेको बेला महराले भने लिवाङमा रहेको पुख्र्यौली सम्पत्तिसमेत एक प्राविधिक शिक्षालयलाई दान गरेका छन् । यिनले अमरसिंह उपनामबाट माओवादी जनयुद्धको नेतृत्व गरेका थिए।

मोहनविक्रम सिंहले रोल्पा जिल्लामा रोपेको वाम राजनीतिलाई महराले नै उचाइमा पुर्‌याएका हुन । निम्न वर्गीय किसान परिवारमा जन्मिएका महरा माओवादीका ‘स्वच्छ’ नेताको रूपमा चिनिन्छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com