ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभरका स्थानीय तहलाई सडक मानव व्यवस्थापन गर्न प्रधानमन्त्री ओलीको निर्देशन


एबीसी न्यूज

काठमाडौ, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । भक्तपुरको कौशल्टारमा आइतवार आयोजना गरिएको मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन एवं गृह प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “सबै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सडक मानव, सडक बालबालिको उचित व्यवस्थापन गर्नुपर्छ ।”

देशको भोलिका कर्णधारका रुपमा रहेका बालबालिका सडक आए, देश पनि सडकमा आउने उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले अनाथ, बेसाहारा, असहाय कोही पनि सडकमा रहन नपरोस् भनेर अहिलेको सरकारले घोषणा गरेको बताउनुभयो ।

उहाँले अभियान चलाएर केही महीनाभित्रै सडक रहेका मानवमुक्त उद्धार हुनुपर्छ भन्नुभयो, । प्रधानमन्त्री ओलीले भन्नुभयो, “सडकमा आफै कोही पनि पुगेका होइनन् परिवारले नै पु¥याएका हुन् । आमाबाबु नपाल्ने छोराछोरीबाट करकठ्ठा गरेर आमाबाबुलाई दिलाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सडकलाई अनाथ, असहाय मानवमुक्त बनाउने उद्देश्यले सञ्चालन भएको अभियानमा रु एक करोड प्रदान गर्छु, यो रकमबाट अक्षयकोष निर्माण गर्नुस् ।” कुनै विदेशी आइएनजिओ र स्वदेशी एनजिओको सहयोगबिना नै तलब भत्ता नलिइ स्वयंसेवाको भावनाले शून्यबाट शुरु गरेको कामलाई सहयोग गर्न आवश्यक भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले सडकबाट उद्धार गरी आश्रममा ल्याइएका अनाथ, असहायलाई मासिक रु तीन हजारका दरले भत्ता उपलब्ध गराउने घोषणा पनि गर्नुभयो ।

सामाजिक सञ्जालमा बिनाकारण सरकारको आलोचना गर्नेप्रति टिप्पणी गर्दै उहाँले सामाजिक सञ्जाल, फेसबुकबाट अनावश्यक विषयमा कुर्लिएर अश्लिलता देखाउन्ुको सट्टा यस्तो मानवीय सेवामा समय दिन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “समस्या नै नभए पनि नकारात्मक सोचाइ राखेर अनावश्यक विषयमा सडकमा दिनैपिच्छे हल्ला गर्ने, जुलुस गर्नुभन्दा सडकबाट असहायलाई उद्धार गरेर देश निर्माणको काममा लगाउनु आवश्यक छ ।” देशमा डेङ्गु नियन्त्रण गर्न सबै लाग्नुपर्नेमा जुलुस लिएर सडकमा ओर्लिन्छन् भन्दै उहाँले भन्नुभयो, “सरकारको ध्यान विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रणमा गएको छ, धमाधम भ्रष्टाचारी समातिएका छन् ।”

प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले सडक मानवमुक्त बनाउन सूर्यविनायक र चाँगुनारायण क्षेत्रमा यसअघि नै अभियान सञ्चालन भइसकेको र अब भक्तपुरलाई नै असहाय, बेवारिसे, अनाथ, मनोरोगी मानवमुक्त घोषणा छिट्टै गर्न सकिने बताउनुभयो ।

काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले देशलाई सडक मानवमुक्त बनाउन गरेको घोषणालाई पूरा गर्न महानगरपालिका पूर्णरुपमा साथ र सहयोग दिएर लागिरहेको बताउनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीले मानवसेवा आश्रमको लक्ष्यलाई पूरा गर्न हरतरहले सहयोग गर्ने बताउनुभयो ।

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हेटौँडामा मुख्य कार्यालय बनाएर शुरु भएको संस्थाले हालसम्म मकवानपुर, चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, बागलङ, लमजङ गोरखालगायतका १४ जिल्लामा १६ वटा शाखा सञ्चालन गरी सडकमा रहेको असहाय, बेवारिसे, अनाथ, मनोरोगीको उद्धार गरी आश्रय दिँदै आएको बताउनुभयो । उहाँले अहिलेसम्म आश्रमले दुई हजारभन्दा बढीको सडकबाट उद्धार गरेको, उद्धार गरिएकामध्ये ६०० को परिवारमा पुनःमिलन गराएको र ५०० को आश्रममै मृत्यु भएको बताउँदै २०८२ भित्रमा देशभरबाट सडक मानवमुक्त बनाउने लक्ष्य लिएर अभियान शुरु गरेको बताउनुभयो ।

सातवटै प्रदेश सरकारले ५०० जनाका दरले यस्ता सडक मानव राख्ने आश्रम निर्माण गरिदिएर अवको एक वर्षमा नै देशभर सडक मानवमुक्त बनाउने सकिने बताउनुभयो । मानवसेवा आश्रमलाई रु १० लाख सहयोग गर्ने वल्र्ड लिङ्क, हेटाँैडामा ३०० जना सडक मानव राख्न सक्नेगरी निर्माण भइरहेको आश्रमका लागि रु २५ लाख प्रदान गर्ने काठमाडौँ आइटम राउण्ड टेबल सेभेन, एक हजार २०० थान ज्याकेट र कपडा प्रदान गर्ने सिटीएक्सप्रेस गु्रप, एक लाख एक हजार प्रदान गर्ने मिडसिटी अस्पताललाई सम्मान गरेको थियो । आश्रमका संरक्षक डा गोविन्द टण्डनले मानवीय सेवामा सबैको साथ र सहयोगको आवश्यकता रहेको औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com