ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक अध्यापन अनुमती पत्रको प्रश्नपत्रमै उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगित


एबीसी न्यूज

काठमाडौं, १० असोज  ।  प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो ।

रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि परीक्षा स्थगन गरी पुनःपरीक्षा गराइएको केन्द्राध्यक्ष रामबहादुर थापाले जानकारी दिनुभयो । प्रश्नपत्रमा समावेश हुने सबै ४० वटै प्रश्नको उत्तर प्रश्नपत्रमा नै छापिएको थियो । केन्द्राध्यक्ष थापाले आयोगले जाँच गर्दा आवश्यकपर्ने उत्तरकुञ्जिका आएपछि आयोगकै अनुमतिमा पुनःपरीक्षा गराइएको बताउनुभयो ।

नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यही समस्या आएको उहाँले जानकारी दिनुभयो । सोही केन्द्रमा परेका अन्य प्रश्नपत्र ठीक भएकाले तोकिएकै समयमा नै परीक्षा सञ्चालन भएको छ । शिक्षक सेवा आयोगले गत असोज ९ गतेदेखि ११ गतेसम्म प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com