ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटनामा कमी ल्याउन सन्देशमूलक सडक होर्डिङबोर्ड जडान


एबीसी न्यूज
आश्विन १०, २०७६ शुक्रबार  २ : ३४ बजे

काठमाडौं, १० असोज । डडेल्धुरामा ट्राफिक चेतना अभिवृद्धिका लागि डडेल्धुरास्थित भिमदत्त राजमार्गमा ‘सडक र बूडर–जोगबूडा सडकखण्डमा होर्डिङबोर्ड’ जडान गरिएको छ । आलिताल गाउँपालिका डडेल्धुराको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेको सौजन्यमा दुई राजमार्गमा १६ वटा सडक होर्डिङबोर्ड जडान गरिएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिनुभयो ।होर्डिङबोर्डले सडक दुर्घटना न्यूनीकरण हुनुका साथै गाडी चालक तथा यात्रुहरुको ट्राफिक चेतनामा वृद्धि हुने अपेक्षा गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तातरण गरिएको आलिताल गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

अति जोखिमपूर्ण राजमार्ग रहेकाले अलिताल गाउँपालिकाद्वारा उक्त होर्डिङबोर्ड माग गरी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक देवबहादुर खत्रीले बताउनुभयो । डडेल्धुराको भागेश्वर गाउँपालिका र परशुराम नगरपालिकासँग पनि होर्डिङबोर्ड जडानका लागि छलफल चलिरहेको उहाँको भनाइ थियो । यसअघि गन्यापधुरा गाउँपालिकाले छ वटा होर्डिङबोर्डमा सन्देशमूलक सूचना समावेश राखिसकेको छ ।

डडेल्धुराको भीमदत्त राजमार्ग सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको मुख्य राजमार्ग हो भने बूडर–जोगबूडासडकखण्ड डडेल्धुरा जिल्लाको आधा जनसङ्ख्या भएको भित्री मधेश क्षेत्रमा पर्ने सडक हो । भीमदत्त राजमार्ग डोटी, बाजुरा, अछाम र डडेल्धुरा जिल्लाको मुख्य आवतजावत पर्ने राजमार्ग हो । उक्त दुवै राजमार्ग धेरै दुर्घटना हुने राजमार्ग मध्येको हो ।उक्त राजमार्गमा सबैको जनचेतनाकालागि गाउँपालिकाको आर्थिक सहयोगमा ट्राफिक चिन्ह होर्डिङबोर्ड राखिएको गाउँपालिका डडेल्धुराका अध्यक्ष गुरुङले बताउनुभयो ।

भीमदत्त राजमार्ग र बूडर–जोगबुडा सडकखण्डमा गत आर्थिक वर्ष २०७५/७६ मा दुर्घटनामा परी ३५ ले ज्यान गुमाएका छन् जसमध्ये २७ पुरुष, आठ महिला रहेका छन् । ३३ गम्भीर घाइते र ९६ सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको तथ्याङ्क रहेको छ । यस आर्थिक वर्ष २०७६/७७ साउन र भदौमा दुर्घटनामा परी तीनको मृत्यु भएको छ जसमध्ये पाँच घाइते भएको प्रहरी नायब निरीक्षक खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com