ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साना दुःखले आएको संघियता होईन, दलालपुंजिबादले राष्ट्रको सेवा गर्दैन : अध्यक्ष प्रचण्ड


sharan sharan

बुटवल, ९ असोज, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले नेपालको संघियता सानो दुःखले प्राप्त नभएको बताउनु भएको छ ।
तिलोत्तमा नगरपालिकाले आज रुपन्देहीमा आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा पछिल्लो पटक भएको परिवर्तन २००७ साल, २०३६ साल वा २०४६ सालको जस्तो नभएको बताउनु भयो । उहांले निती नै परिवर्तन गरि भएको परिवर्तनलाई संस्थागत गर्नु सानो कुरा नभएको बताउंदै २ सय ५० वर्ष देखि गाडीएको केन्द्रिय चिन्तनलाई डेढबर्षमा समाप्त गर्न नसकिने बताउनु भयो ।
नेकपाले समाजबादी मोडलमा नेपालमा बिकास गर्न चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दलालपुंजिबादलाई नियन्त्रण गर्दै राष्ट्रिय पुंजिको बिकास गर्नु वर्तमान सरकारको कार्यदिशा हुनु पर्ने बताउनु भयो । दलालपुंजिबादले राष्ट्रको सेवा नगर्ने प्रचण्डको भनाई थियो ।
राणा, राजा र पंचायतले सधैं उद्योगी ब्यवसायीलाई ठगहरुको उपमा दिएको बताउंदै नेकपा नेतृत्वको सरकारले ब्यवसायी प्रति पुरानो सत्ताले राखेको सोंच परिवर्तन गर्न चाहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै संघिय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वर्तमान सरकार लगानीको बातावरण भन्दा लगानी मैत्री बातावरण निती बनाउन क्रियाशिल रहेको बताउनु भयो । उहांले बिगत २ वर्षमा कहिं मजदुर हडतालका नाममा काममा अवरोध नभएको उल्लेख गर्दै सरकारले निजी क्षेत्रलाई आर्थिक बृद्दीको संबाहक थानेको बताउनु भयो ।


पुर्व अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेलले नाकाबन्दीमा समेत अर्थतन्त्रमा योगदान गरेको रुपन्देही लगानीका लागि सबैभन्दा उपयुक्त क्षेत्र भएको बताउनु भयो ।
लगानी सम्मेलनको आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुअ बासुदेव घिमीरेले गणीतिय हिसावले यत्ती नै लगानी भित्रने हिसाव देखाउन नसकिएपनि लगानी सम्मेलनले तिलोत्तमाको बिकासमा ठुलो योगदान गर्ने आशा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com