ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले लगानीमैत्री वातावरणलाई प्राथमिकता दिएको छ– अध्यक्ष ‘प्रचण्ड’


एबीसी न्यूज

काठमाडौं, ९ असोज । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिएको बताउनुभयो । उहाँले विदेशी लगानी कर्तालाई लगानीको लागि विश्वासको वातावरण बनाउन ऐनकानूनमा सुधार गर्दै स्वदेशी लगानीकर्ता आकर्षित गर्ने खालका योजना बनाउन स्थानीय तहलाई आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रिय पूँजीलाई प्रोत्साहन र दलाल पूँजीलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर रहेको र बजेटसम्बन्धी सैद्धान्तिक पक्षमा छलफल गरेर खरीद ऐनलाई सरलीकरण गर्नेतर्फ ध्यान दिइएको बताउनुभयो । उहाँले प्रदेश नं– ५ मा पर्यटन विकासको ठूलो आधार रहेकाले पर्यटन पूर्वाधारको काममा ध्यान दिन सुझाव दिँदै भन्नुभयो–“गौतमबुद्धको जन्मभूमि भएका कारण यो क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ ।”

अध्यक्ष दाहालले नेपाली जनताले अपेक्षा गरे अनुसारका काम अझै हुन नसकेकाले हाम्रो सोच र शैलीमा परिवर्तन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले हिजो जेलनेल भोगेका व्यक्ति आज सत्तामा पुग्दा जनताका अप्ठ्यारा विर्सने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । “२५० वर्ष लामो तानशाही र निरङ्कुताले जर्जर बनाएको समाजलाई डेढवर्षमै चमत्कार हुनुपर्छ भनेर सोच्ने मानसिकतालाई म केही भन्दिन, तर यतिका वर्षको फोहर सफा गर्न समय लाग्छ ।” उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले स्थानीय तहले इमान्दारीताका साथ काम नगरे सङ्घीयता ल्याउनेमाथि प्रहार हुने भएकाले यसप्रति सचेत हुन उहाँले आग्रह गर्नुभयो । “जनताप्रति जिम्मेवार र जवाफदेही भएर स्थानीय तह ठिक भन्ने सन्देश देशभर जानुपर्छ, अनिमात्रै मुलुकमा गणतन्त्र ल्याउन ज्यान गुमाउने शहिदहरुको सपना साकार हुन्छ ।” उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा लगानीको वातावरण अनुकूल बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो । ‘लगानीका लागि यो ठाउँ प्रतिफलयुक्त छ, ढुक्क भएर लगानी गर्नुस् ।’ उहाँले भन्नुभयो ।

प्रदेशको समृद्धिका लागि प्रदेश सरकार प्रयत्नशील रहेको बताउँदै उहाँले अन्य प्रदेशको तुलनामा यस प्रदेशले ७ दशमलब १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु राम्रो शुरुवात भएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलन सफल बनाउन प्रदेशको दह्रोसाथ रहेको बताउनुभयो ।

नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले नगरको विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले नगरको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य र परिपुरकको प्रक्रिया अगाडि बढाएर समृद्धिको यात्रा तय गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहमा भूउपयोग नीति बनाउनसमेत सुझाव दिनुभयो । सार्वजनिक यातायातको व्यवस्थाका लागि तिलोत्तमा नगरसँगै अन्य नगरलाई जोडेर सरकारले मेगा सिटीको अवधारणा अगाडि बढाएको भन्दै यो योजना पूरा गर्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले लगानीलाई उत्साहजनक ढङ्गले अगाडि बढाउन नसकिएको धारणा राख्नुभयो । ‘लगानीकर्ता जुन उत्साहपूर्ण तरिकाले आउनुपर्ने हो आएका छैनन् ,प्रतिफल नपाई कसैले लगानी गर्दैन, लगानीमैत्री वातावरणका लागि नीति अलि खुकुलो बनाउन जरुरी छ ।’ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले स्थानीय तहले इमान्दारीताका साथ काम नगरे सङ्घीयतामाथि प्रश्न उठने भएकाले सबै जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभयो । ‘नयाँ कामको थालनी आजको आवश्यकता हो, हामीले व्यवस्था परिवर्तन ग¥यांै तर आफूलाई परिवर्तन गर्न सकेनांै भने परिवर्तनको अर्थ हुदैन, तसर्थ देश र जनताप्रति बफादार बनांै ।’ उहाँले उत्साहपूर्ण तरिकाले शुरु गरिएको तिलोत्तमा लगानी सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा लगानी भित्र्याउन लगानीमैत्री नीति जरुरी रहेको बताउनुभयो । लगानीमैत्री नीति र सुरक्षाको महशुस भएमात्रै लगानीकर्ता आउने भएकाले उपयुक्त वातावरण निर्माण गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो । “मुलुकको समृद्धि र लगानीमैत्री वातावरण निर्माण गर्न केन्द्रिकृत मानसिकता त्याग्न जरुरी छ ।” उहाँले भन्नुभयो ।

उहाँले सङ्घका केही नीति र कानूनका कारण लगानीको वातावरण बन्न नसकेको बताउँदै उहाँले नीति सच्चाएर लगानीका आधार खडा गरेर लगानीकर्तालाई लगानीको प्रतिफल पाउने अवस्था सिर्जना गर्न सरकारलाई सुझाव दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपा का महासचिव विष्णुप्रसाद पौडेलले मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गर्नुभयो ।

उहाँले नेकपा नेतृत्वको सरकार लगानीका लागि अनुकूल परिस्थिति निर्माण गर्न तयार रहेको भन्दै आत्मविश्वासका साथ लगानी गर्न आग्रह गर्नुभयो । महासचिव पौडेलले शैक्षिक हबको रुपमा परिचय बनाएको रुपन्देहीमा लगानीको प्रचुर सम्भावना रहेको समेत बताउँदै भन्नुभयो,“प्रचलित कानूनको सिमाभित्र रहेर लगानी गर्नुस, नाफा कमाउनुस यहाँको लगानी संरक्षणमा गर्न हाम्रो साथ छ, यो नगर, जिल्लाका जनता र जनप्रनिधि त्यसका लागि विश्वास दिलाउन चाहान्छु ।”

प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसका सचेतक बालकृष्ण खाँणले लगानी सम्मेलन सफल बनाउनु सबै दलको दायित्व भएको बताउनुभयो । तिलोत्तमा नगर सडक सञ्जालले जोडिएका कारण यहाँ उत्पादित वस्तु तथा सामग्री जुनसुकै स्थानमा पु¥याउन सहज हुने धारणा राख्नुभयो । उहाँले लगानीकर्ताको सुरक्षाको दायित्व सरकारको भएकाले लगानीमैत्री वातवरण बनाएर सुरक्षा प्रदाान गर्न जरुरी रहेको बताउनुभयो । नेता खाँणले पानीको पर्याप्त आपूर्ति गर्न समस्या भएकाले कालीगण्डकी तिनाउ डाईभर्सनको प्रक्रिया सरकारले अगाडि बढाएकाले यसलाई पूर्णता दिनुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्य घनश्याम भुसालले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले विधि र प्रक्रियाका हिसाबले सुरक्षाको ग्यारेन्टी गर्न आवश्यक भए पनि त्यसका लागि सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“सरकारले लगानीकर्ता र श्रमिकबीच मध्यस्थकर्ताको भूमिका निभाउनुपर्छ, यो आवश्यक छ ।” नेता भुषालले लगानीका हिसाबले तिलोत्तमा उपयुक्त स्थान भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले लगानी सम्मेलन तिलोत्तमा नगरपालिकाको मात्र नभइ देशको समृद्धिको लागि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नगरमा सुरक्षाको अवस्थासमेत मजबुत रहेकाले निर्धक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गर्नुभयो । सम्मेलनमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ता, विदेशी लगानीकर्ता, विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, सङ्घीय सरकार मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा सरकारका उच्च पदस्थ अधिकारीलगायत ८०० बढीको सहभागिता रहेको आयोजक तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

उद्घाटनपछि तिलोत्तमा नगरपालिका क्षेत्रमा लगानीको सम्भावना, अवसर, चुनौतीलगायतका विषयमा विशेषज्ञबाट छलफल हुनेसमेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com