ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकिङ सुरक्षा माथि ठुलो प्रश्न : सम्पूर्ण बैंक रित्तो हुने दिन नआउला भन्न सकिन्न (भिडियोसहित)


एबीसी न्यूज
आश्विन ९, २०७६ बिहीबार  १ : १७ बजे

काठमाडौं, ९ असोज । कृषि विकास बैंकको करिब ५ करोड रुपैयाँ चोरी भएपछि नेपालको बैंकिङ प्रणालीको सुरक्षा बारे सर्वसाधारण चिन्तित बनेका छन् । सिस्टम ह्याक गरी एटीएममार्फत करोडौं रकम चोरी भएको घटना सेलाउन नपाउँदै फेरी अर्को चोरी प्रकरणले बैंकिङ सुरक्षा माथि प्रश्न उठेको छ । एटीएम स्वीच ह्याक गरी चिनियाँ नागरिकले करोडौँ रकम चोरी गरेको महिना दिन नपुग्दै फेरि अर्को बैंकिङ चोरीको घट्ना बाहिरिएको छ ।

पछिल्लो चोरीकाण्ड कृषि विकास बैंकमा भएको छ । सिस्टम ह्याक गरी चार करोड भन्दा बढी रकम चोरी भएको छ । बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग गरेर अर्कै खातामा पैसा ट्रान्सफर गरी र बैंक सिस्टम नै ह्याक गरी करोडौँ रकम चोरिएको हो । एकपछि अर्को गर्दै नेपालको बैंकिङ प्रणालीलाई नै चुनौती दिनेगरी बैंकबाट अनाधिकृत रुपमा करोडौ रकम चोरी हुन थालेपछि यतिखेर आम नागरिक चिन्तित बनेका छन् भने सरकारी संयन्त्र पनि रनभुल्लमा परेको छ । यसरी निरन्तर बैंकबाट सिस्टम नै ह्याक गरी पैसा चोरिन थालेपछि बैंकहरुलाई टाउको दुखाईको विषय बनेको छ भने प्रहरी प्रशासनलाई पनि सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्ने चुनौती थपिदो क्रममा छ । नेपालको कमजोर साइबर सुरक्षा माथि पनि गम्भिर बहसको आवश्यकता रहेको पछिल्ला घटनाक्रमले देखाएका छन् । नेपालको साइबर सुरक्षा कति कमजोर रहेछ भन्ने पुष्टि पनि भएको छ ।

पछिल्लो पटक कृषि विकास बैंकको रकम अन्य व्यक्तिकोमा सारी र्बैकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैँया चोरी भएको हो । लामो समयदेखि भारतमा बस्दै आएका काले भनिने पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास कैङ्क, कैलाश विकास बैङ्क र नबिल बैङ्क तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीले जनाएको छ । बैङ्कबाट रकम चोरी गरेको आरोपमा प्रहरीले राजधानीसहित विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ । यस गिरोहले नेपालका बैंक बाट ५ अर्ब चोर्न लागेको योजना रहेको पनि प्रहरीले बताएको छ ।

भदौ १४ गते ५ जना चिनियाँ नगरिकको समुहले काठमाडौँका विभिन्न एटीएम बुथबाट करोडौँ रकम चोरी गरेको थियो । उनीहरुलाई प्रहरीको सक्रियताले रङगेहात पक्रिन सफल भएपनि हालसम्म उनीहरुको सञ्जाल र चोरी गर्न उनीहरुले अपनाएको विधिको बारेमा प्रहरीले पत्ता लगाउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ उनीहरुले नोक्सान गरेका हुन । विदेशबाट इन्टरनेट चलाएर एटीएम ह्याक गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपनि प्रहरीले यकिन गर्न सकेको छैन । यसरी निरन्तर इन्टरनेटको माध्यमबाट बैंकिङ प्रणालीलाई नै ह्याक गरिन थालेपछि नेपालको बैंकिङ प्रणालीको सुरक्षा माथि ठुलो प्रश्न चिन्ह खडा भएको छ ।

आजको युग विज्ञान र प्रविधिको युग हो । हिजोको जस्तो लाठि मुंग्रिले जितेर लुट्ने दिन समाप्त भइसकेका छन् । हरेक सेवा, सुविधा र सरकारी कामहरु इन्टरनेटको माध्यमबाट गर्न सरकारले थालिसकेको छ । विभिन्न निजी क्षेत्रहरुले पनि यसरी काम गर्न थालेका छन् । तर यसको प्रयोग गर्ने तरीका र सुरक्षाको उपायबारे कसैलाई पनि चासो छैन । न त यसको क्षमता अभिवृद्धि गर्नतर्फ ध्यान कसैको गएको छ । नेपालका सबै अनलाइन सेवामा गएका कार्यालयको सफ्टवेयर विदेशी मुलुकबाट बन्ने गरेका छन् । यसको सुरक्षा कति हुन्छ भन्नेमा पनि विचार गर्नु आवश्यक छ । विज्ञान र प्रविधिको क्षेत्रमा पनि सरकारले लगानी गर्नु आवश्यक छ । साथै नेपालका बैंकहरुले आफ्नो सिस्टम बारे ध्यान नदिने हो भने कुनै न कुनै दिन नेपालका बैंकका पैसा रातारात चोरी भएर सम्पूर्ण बैंक रित्तो हुने दिन नआउला भन्न सकिन्न ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com