ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डकैती गर्दागर्दै जनकपुरमा समातिए ४ भारतीय डाँका


एबीसी न्यूज

जनकपुर, ९ असोज  । जनकपुरमा डकैती गर्दागर्दै ४ जना डाँकु पक्राउ परेका छन् । विहीवार बिहान करिब साढ़े तीन बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्निसिङमा डकैती गर्दागर्दै गस्तिमा रहेको प्रहरीको टोलिले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरी टोलीले फर्निसिङ पसल ताला फोडिरहेको अवस्थामा भेट्टाएको थियो।

प्रहरीको गोली खुट्टामा लागेर एकजना डाका घाइते भएका छन् । ती डाकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा उपमहानगरपालिकाकै गेट अगाडी दिपक बजाज र अमित अग्रवालले सञ्चालन गरिरहेको जानकी फर्निसिंगमा डकैती गरिरहेका चारजना डाका भाग्न खोजेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा रौतहटको गौर घर भई जनकपुरधाम–४ मा डेरागरी बस्ने ५५ वर्षीय विनोद सिंह,रौतहटकै वृन्दावन नगरपालिका–१ रमौलीका ३५ वर्षीय गगन पटेल, भारत बिहारस्थित सीतामढी जिल्ला वैरगनीया–७ का ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्लाकै रिगा थाना पिप्राढी ग्रामपञ्चायत घर भइ जनकपुरधाम–४ मा डेरागरी बस्ने ४० वर्षीय मोहम्मद ईलयास राइन रहेको उहाँले बताउनुभयो ।

प्रहरी नायव निरीक्षक संतोष झाको कमाण्डमा गस्तीमा रहेको प्रहरी टोलीले डाकाहरुले सो पसलको ताला फोडिरहेको देख्दा उनीहरुलाई पक्राउ गर्न खोजेको थियो । प्रहरीले सुरुमा हवाई फायर गरेर एक जना चोरलाई पक्राउ गरेपनि अरु तीन जना कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले चार राउण्ड गोली चलाएको प्रहरी उपरिक्षक खनालले बताउनुभयो ।

प्रहरीको गोली लागि घाईते हुनेमा रौतहट गौरका विनोद प्रसाद सिंह छन् । उनको दुबै खुट्टामा गोली लागेको छ । सिंंहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको एसपी खनालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान र सोमा लाग्ने गोली २ राउण्ड,ताल्चा काट्ने कटर एक थान,सात सय नेपाली रुपैयाँ,ठुलो पेचकस एक थान लगायतका केही अन्य सामानहरु समेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com