ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उप भनेको चुप लाग्ने पद होइन– उपसभामुख


एबीसी न्यूज
आश्विन ८, २०७६ बुधबार  ६ : २० बजे

काठमाडौं, ८ असोज । सङ्घीय संसद् र प्रदेशसभाका उपसभामुखले डेढ वर्षसम्म सङ्घीयताअनुरुपका संविधान कार्यान्वयनका काम सिक्दै बितेको अनुभव सुनाउनुभएको छ ।

उपसभामुखको मङ्गलबार भएको भेलाका बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सङ्घीय संसद्मा निरन्तर अभ्यास भइरहेको भए पनि प्रदेशमा विशुद्ध नयाँ अभ्यास भएको हुँदा सिक्नैमा धेरै समय खर्च भएको उपसभामुखले आफ्ना अनुभव सुनाएका हुन् ।

प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेपालको इतिहासमा नयाँ नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन व्यवस्थाअनुसार सङ्घ र प्रदेशमा संविधान कार्यान्वयनको अभ्यास गर्दै समय बितेको बताउनुभयो । “सङ्घीय संसद् र प्रदेशसभासँग सहकार्य, समन्वय र समन्यायिक तरिकाले सकरात्मक ढङ्गले भूमिका लेखिरहेको छ, साढे एक वर्षको अनुभव र सिकाइ पनि यही रह्यो”, सङ्घीय संसद्का उपसभामुख तम्बाहाम्फेले भन्नुभयो, “नेपालको इतिहासकै सङ्घीयतको नयाँ अभ्यास हो, यसमा महिलालाई उपसभामुख भएर काम गर्न अवसर मिल्यो, जुन सकारात्मक छ ।”

‘उप भनेको एकदम चुप लागेर बस्ने पद होइन । प्रत्येक उपले सिर्जनात्मक काम गर्नुपर्छ । उपको पदमा रहेर काम गर्ने भनेको प्रमुख पदमा जाने हैसियत बनाउने हो’ उपसभामुख तुम्वाहाम्फे भन्छिन्, ‘हामीले उपमा रहेर डेढ बर्ष बितायौं । सातवटै प्रदेशलाई नियाल्दा सभामुख र उपसभामुखको अन्तरसम्बन्ध सुधार हुँदै गएको छ । उपले प्रमुखको जिम्मेवारी लिएर काम गर्न सक्छ भन्ने पुष्टि गरेकाछौं ।’

राष्ट्रियसभामा उपाध्यक्ष शशिकला दाहालले आफूहरु प्रदेशसभाबाटै चुनिएर आएको स्मरण गर्दै प्रदेशसभासँग समन्वय र सहकार्य गरेर नै अगाडि बढेको र समग्रको नेपालको संविधान कार्यान्वयनकै मूल भावका साथ काम गरिरहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला जोशीले जीवनमा नयाँ काम गरेर अनुभव गर्ने मौका मिलेको उल्लेख गर्दै सभामुख नभएको अवस्थामा र भएको अवस्थामा पनि सहकार्य गरेर अघि बढिरहेको अनुभव सुनाउनुभयो ।

कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले सङ्घीयताको खास अभ्यास नै प्रदेशले गरेको र प्रदेशका सभामुख र उपसभामुख आफँैले व्यवस्थापनको कामसमेत गर्नुपरेको अनुभव सुनाउनुभयो । प्रदेश नम्बर २ का उपसभामुख उपमा देवले सभामुख नभएको अवस्थामा आफूले सदन चलाएको रमाइलो अनुभव रहेको र सिक्दै काम गर्दै समय बितेको बताउनुभयो ।

उपसभामुखको यसअघि पनि चन्द्रागिरिमा भेला भएको थियो । समग्रमा मङ्गलबारको भेलामा संविधान कार्यान्वयन प्रभावकारी तरिकाले गर्ने, सभामुखसँग समन्वयनमा काम गर्ने, आफ्नो र समग्र महिलाका नेतृत्व विकास गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com