ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ अनुशासन र विकासबारे नेकपा कार्यकर्ताको रुचि


एबीसी न्यूज
आश्विन ७, २०७६ मंगलबार  ११ : ११ बजे


काठमाडौ ७ असोज ।  चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन पद्धति र त्यहाँको विकास निर्माण शैलीबारेको अनुभवलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ताले निकै अभिरुचीपूर्वक सुनेका छन् ।

सत्तारूढ नेकपाको केन्द्रीय स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा सम्पन्न दुईदिने ‘विचारधारात्मक छलफल’ कार्यक्रममा दुई पार्टीको वैचारिक आदानप्रदानमा सम्पन्न र शक्तिशाली मुलुक चीनबाट सिक्न सकिने पक्षहरुबारे उहाँहरुले चासो दिनुभएको छ । प्रशिक्षणको दोस्रो दिन आज चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट चार प्रस्तुति रहेका थिए । चिनियाँ केन्द्रीय पार्टी स्कूलका तर्फबाट चाओ ली एनले मध्यमस्तरीय सहज समाजको निर्माण, सो पार्टीका सङ्गठन विभागका तर्फबाट सी नान पेलगानले पार्टी अनुशासनको सुदृढ कार्यान्वयन, पार्टी स्कूलका तर्फबाट क्विन ग्याङले सुधार कार्यलाई व्यापक बनाउने र चिनियाँ नेशनल डेभलपमेन्ट एन्ड रिफर्भ कमिशनका तर्फबाट शी यू लङले ‘एक क्षेत्र ः एक मार्ग’ योजना निर्माणको संयुक्त पहल र मानव जातिका लागि सामुदायिक भविष्य निर्माण सम्बन्धमा विचारोत्तेजक प्रस्तुत गर्नुभएको थियो । संविधान जारीपछि नेपालमा स्थिर सरकार गठन भई कम्युनिष्ट पार्टीको नेतृत्वमा विकास र समृद्धिको यात्रा आरम्भ भएका बेला छिमेकी र विकसित मुलुक चीनका ती नेताहरुका अनुभवले आफूहरुलाई उत्साहित तुल्याएको महसुश सहभागीहरुले गरेका छन् ।

प्रस्तुतिपछि सहभागीले समूह विभाजन गरी छलफल र प्रश्नोत्तरमा भाग लिएका थिए । दुई दिवसीय कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका करीब ३०० र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट १० जनाको सहभागिता रहेको नेकपामा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

चीनका राष्ट्रपति एवं त्यहाँको कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङ् विचारधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच यस प्रकारको विचाराधारात्मक छलफल नेपालमा पहिलो पटक आयोजना भएको हो । छलफलमा भाग लिन चीनबाट कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओको नेतृत्वमा १४ सदस्यीय टोली हाल नेपालमा छ । प्रशिक्षणको उद्घाटन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गर्नुभएको थियो । दुई कम्युनिष्ट पार्टीबीच आज प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा छ बुँदे भाइचारा सम्बन्धसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार उच्चस्तरीय र कार्यकर्ताबीचमा भ्रमणको आदानप्रदान, विचारहरुको आदानप्रदान, प्रशिक्षणलाई थप तीव्रता र विकासका ढाँचाहरुको अनुभव आदानप्रदान गर्नेलगायत छन् । यसले आपसी सम्बन्धलाई थप उचाइमा लाने नेकपाका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले बताउनुभयो ।

नेपालमा चिनियाँ राष्ट्रपति जिन पिङको चाँडै भ्रमण हुने तयारी भइरहेका बेला यस प्रकारको विचारधारात्मक छलफलले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव परेको तथा यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको थापाले बताउनुभयो । ‘‘यसले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको छ’’, उहाँले भन्नुभयो । हाल नेपाल भ्रमणमा रहनुभएका चिनियाँ नेता ताओले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग अलगअलग भेटवार्ता गरी चिनियाँ राष्ट्रपति सीको भ्रमणको तयारीलगायतका विषयमा छलफल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com