ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनै तहबीच समन्वय आवश्यक– मन्त्री पण्डित


एबीसी न्यूज

काठमाडौं, ७ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिवर्तित संरचनाअनुरुप तीनवटै तहबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित ‘अन्तर तह  समन्वय तथा स्थानीय तहको क्षमता विकास’ विषयक अन्तरक्रिमा उहाँले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै जन अपेक्षाअनुरुप अघि बढ्नुपर्ने बताउनुभयो ।

जनप्रतिनिधि र कर्मचारीले जनताका अपेक्षालाई बुझेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जनताले प्रत्येक गतिविधिलाई सूक्ष्मरुपमा नियालिरहेको उल्लेख गर्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन जनप्रतिनिधि र राष्ट्रसेवकको काँधमा महत्वपूर्ण भूमिका रहेको बताउँदै मन्त्री पण्डितले सामान्य त्रुटि पनि जनताले हेरिरहेको हुँदा त्यसतर्पm सजग भई काम गर्नुपर्ने आँैल्याउनुभयो ।

जनप्रतिनिधि नै ठेक्कापट्टामा सहभागी बन्दा त्यसले नकारात्मक सन्देश प्रवाह भइरहेको बताउँदै उहाँले त्यस्ता गतिविधिमा संलग्न नभई जनचाहनाअनुरुप गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्नेतर्पm लाग्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रसेवकले राज्यले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने बताउँदै मन्त्री पण्डितले विभिन्न समस्या देखाएर सुगम ठाउँमा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । गण्डकी प्रदेशअन्तर्गत जन प्रतिनिधि र कार्यकारी अधिकृत सहभागी दुईदिने कार्यक्रममा अन्तर तह समन्वय एवं स्थानीय तहको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com