ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनैपनि राजनैतिक प्रणाली जनताको जीवनस्तर उकास्ने एक साधन मात्र हो, साध्य होइन-प्रचण्ड (पूरा सम्वोधन)


ABC NEWS

२०७६ आश्विन ६ गते 

 

चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका बीचमा आपसी अनुभव आदान–प्रदान गर्न आयोजित यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दछु । चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताले विश्वभरीका कम्युनिष्टलाई गौरवान्वित बनाएको छ । कम्युनिष्ट पार्टी स्थापनाको झण्डै १०० बर्ष र जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठको यस अवसरमा सम्पूर्ण चिनियाँ जनता र कमरेड सि जिन पिङ नेतृत्वको कम्युनिष्ट पार्टीका सबै कमरेडहरुलाई म हार्दिक बधाई दिन चाहान्छु । साथै समृद्ध, सबल र सुसंस्कृत, चिनियाँ विशेषतासहितको समाजवादी चीन निर्माण गर्ने महान् अभियानमा अझ व्यापक सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल र चीनबीच सदियौंदेखि जनस्तरको सम्बन्ध रही आएको छ । अभिलेखित इतिहास अनुसार चिनियाँ महान् बौद्ध भिक्षु फाँसियानको लुम्बिनी यात्रा, नेपालका बौद्ध विद्वान बुद्धभद्रको चीन यात्रा, चिनियाँ बौद्ध विद्वान वेन साङ्को लुम्विनी यात्रा र नेपाली राजकुमारी भृकुटीको तिब्बती राजासँगको विवाह जस्ता पाँचौं शताब्दीको सुरुदेखि सातौं शताब्दी भित्रका घटनाले १६०० वर्ष अघिको हाम्रो सांस्कृतिक सम्बन्धको गहिराइ आँकलन गर्न सकिन्छ । १३ औं शताब्दीमा नेपाली कलाकार अरनिकोको नेतृत्वको टोलीले बनाएको बेइजिङ शहरको मध्यभागमा रहेको विशाल श्वेत चैत्य र उथाइसानको श्वेत चैत्य हाम्रा ऐतिहासिक सम्वन्धका शिखर नमुना हुन् । त्यही ऐतिहासिक विरासतमा उभिएर सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भए पछि नेपाल र चीनबीच आधुनिक सम्बन्ध निरन्तर विकास हुँदै आएको छ । एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, सार्वभौम समानता, समझदारी, मित्रता र असल छिमेकीपन हाम्रा सम्वन्धका आधारभुत मान्यता हुन् ।

नेपालले शब्दमा मात्र होइन व्यवहारमै एक चीन नीतिलाई दृढतापुर्वक अवलम्वन गरेको छ र नेपाली भूमिमा चीन विरोधी गतिविधि नसहने नीति हाम्रो सम्वन्धको एक आधारभूत कडी हो । नेकपाको वैदेशिक नीतिमा हामीले यो विषय स्पष्ट ढंगले उल्लेख गरेका छौं । नेपालको आर्थिक सामाजिक विकासमा चीनको सहयोग एकदमै महत्वपुर्ण छ । म चीनको उदार सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहान्छु । चिनियाँ सरकार र जनता चीनका महामहिम राष्ट्रपति सि जिन पिङले अगाडि सारेको बि आर आई (द्यभति बलम च्यबम क्ष्लष्तष्बतष्खभ) ले नेपालका लागि पुर्वाधार विकासको अपरिहार्य आवश्यकता, कृषिको आधुनिकीकरण, औद्यौगिकरण तथा सामाजिक विकासका लागि चाहिने पूँजी र प्रविधिमा पहुच बढाइदिन्छ । त्यसैले बढो सोचीविचारी विआरआइ सम्वन्धी साझा समझदारी पत्रमा मेरै प्रधानमन्त्रीत्वकालमा हस्ताक्षर गरेका हौं । हालका दिनमा विआरआईको फ्रेमवर्कमा रहेर उच्चतहमा राजनैतिक समझदारी, आर्थिक क्रियाकलाप र सांस्कृतिक तथा जनस्तरको सम्वन्ध निरन्तर विकासित हुन गइरहेको छ । हालै नेपालका सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको ऐतिहसिक राजकीय भ्रमण, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तथा चीनका स्टेट काउन्सलर तथा परराष्ट्रमन्त्री वाङ यी को नेपाल भ्रमणले यो प्रक्रियालाई नयाँ उचाई तिर लगिरहेका छन् । यस पृष्ठभूमिमा सरकारले यथोचित तयारी गरी चीनको तर्फबाट ऐतिहासिक उच्चस्तरीय भ्रमण गराउने कुरामा हामी विश्वस्त छौं ।

sf7df8f}Fdf ;f]daf/ cfof]lht g]kfn sDo’lgi6 kf6L{-g]skf_ / lrlgofF sDo’lgi6 kf6L{aLr ljrf/wf/Tds 5nkmn sfo{qmdsf] pb3f6g ;df/f]xdf ;xefuL g]skfsf cWoIf Pjd k|wfgdGqL s]kL zdf{ cf]nL, g]skfsf cWoIf k’iksdn bfxfn …k|r08Ú, lrlgofF sDo’lgi6 kf6L{sf cGt{/fli6«o ljefu k|dv ;f]ª kfcf]nufot g]tfx? . t:jL/ M gjLg kf}8]n

कुनैपनि राजनैतिक प्रणाली जनताको जीवनस्तर उकास्ने एक साधन मात्र हो, साध्य होईन । राजनैतिक प्रणाली समाज विकासको विशिष्ट आवश्यकताको उपज हो । त्यसैले इतिहासका विभिन्न कालखण्डमा समाजको विशिष्ट आवश्यकता अनुसार राजनैतिक प्रणाली वा वादको जन्म र विकास भएको पाइन्छ । युरोपको औंद्योगिक क्रान्ति र पूँजीवादको तीव्र विकाससँगै श्रमको चरम दोहनको जगमा माक्र्सवादको जन्म भयो ।
माक्र्सवादकै आलोकमा जनवादी क्रान्ति सम्पन्न गरी चिनियाँ विशेषता सहितको समाजवाद निर्माणको मौलिक मार्ग मार्फत आर्थिक विकासको नयाँ उचाई हासिल गरेको चीनबाट मानव जातिले शान्ति, स्थिरता र समृद्धिको उचित अपेक्षा गरेको छ । चिनियाँ शैलीको समाजवाद बारे अहिले विश्वब्यापी बहस चलिरहेको छ । राजनैतिक रुपमा चिनियाँ कम्युनिष्ट पार्टीले सत्तामा बसिरहने बैधता ९ीभनष्तष्mबअथ० जनताको अपेक्षा पुरा गरेको ९म्भष्खिभचथ० आधारमा प्राप्त हुन्छ भन्ने मान्यता राख्छन् । संसारको कुनै शासन प्रणालीले दिन नसकेको चिनियाँ जनताको आत्मसम्मान, गौरव र तीव्रतम् गतिको आर्थिक विकास जनतालाई चिनियाँ कम्युनिष्ट पार्टीले दियो । ९ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको अनुशासनको पालना निक्कै उदाहरणीय रहेको छ । कम्युनिष्टहरुमा अनुशासन भएन भने कुनै पनि रुपान्तरणको नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन । बिचारको स्पष्टता र संगठनात्मक अनुशासन नै कम्युनिष्ट पार्टीको औचित्यका प्रमुख आधार हुन् । महासचिव सी जिन पिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको विकासको मूल आधार यसैमा निहित रहेको छ ।

चिनियाँ शैलीको समाजवादबाट हामीले के सिक्न सक्छौं भन्ने विस्तृत जानकारी विज्ञहरुबाट आज र भोलिको छलफलमा तपाई नेकपाका सदस्यहरुले पाउनु हुने नै छ । राष्ट्रपति सि ले कनेक्टिभिटि, साझा प्रयत्न, साझा लगानी र उपलव्धीमा साझा स्वामित्वबाट दीगो अन्तर्राष्ट्रिय सम्वन्ध तथा साझा समृद्धि हासिल गर्न सकिन्छ र हाम्रो भविष्य अन्तरनिर्भर छ भन्ने दृष्टिकोण अगाडि ल्याउनु भएको छ । चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न र चीनको विकासलाई चुनौती ठान्नेहरुसँग बिना शत्रुता विकासको चाहना गरेका तर साधन र क्षमता नभएका विकासोन्मुख मुलुकलाई साथै लिएर अगाडि बढ्न बाटो अवलम्वन गरेको देखिन्छ ।

समाजवादमा कम्युनिष्टले जनताको सेवा गरेर उनीहरुको मन जितेर मात्र शासनको बैधता प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । तर शासनमा बस्नेहरु बिस्तारै अनुशासनमा नबस्ने र जनताको सेवा गर्न भन्दा धनीमानीको पक्षमा वा सुखसुविधामा लागेमा कम्युनिष्टको शासन गर्ने बैधता समाप्त हुन्छ । त्यसैले जनताको मन जित्न सक्षमलाई नेतृत्व सुम्पने र निरन्तर जनताको समर्थन पाउन अनुशासनमा रहनुपर्दछ ।

समाज समृद्ध हुनका लागि साँस्कृतिक रुपले समुन्नत हुनुपर्छ भन्ने मान्यताले महान् चिनियाँ सभ्यताको पुनर्जागरणलाई समाजवादी समाज विकासका अपरिहार्य शर्तका रुपमा महासचिव सि जिन पिङले अगाडि सार्नु भएको छ । यिनै आधारभूत विशेषताका कारण महासचिव सि जिन पिङ बिचार आज विश्वव्यापि बहसको विषय बनिरहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको लामो अनुभवबाट समेत शिक्षा लिँदै हामीले नेपाली विशेषता अनुसार कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने र समाजको राजनैतिक, आर्थिक र साँस्कृतिक रुपान्तरण गर्ने प्रयत्न गर्दै आएका छौं । कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपाली जनताले चलाएको सशस्त्र र शान्तिपूर्ण संघर्ष एवम् वलिदानको लामो श्रृंखला पश्चात नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको स्थितिमा आइपुगेको छ ।

इतिहासका सबै सकारात्मक र नकारात्मक अनुभवहरुको समिक्षा सहित नेपालका दुई प्रमुख कम्युनिष्ट पार्टीहरुको एकताले नेपाली जनतामा स्थिरता र समृद्धिको नयाँ आशा र भरोसाको सन्देश दिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न अहिले शान्तिपूर्ण प्रतिष्पर्धा र लोकप्रिय मत सहित सरकारको नेतृत्व गरिरहेको हाम्रो नेपाल कम्युनिष्ट पार्टीले जोड लगाइरहेको छ । सामाजिक न्याय सहितको आर्थिक समृद्धि मार्फत समाजवादको आधार तयार पार्ने हाम्रो स्पष्ट रणनीति रहेको छ । नेपालको संविधानले नै समाजवाद उन्मुख राज्यको ठोस दिशानिर्देश गरेको छ ।

यस सन्दर्भमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको यो अन्तरसम्वाद कार्यक्रमले एक अर्काका अनुभवबाट सिक्ने र आ–आफ्ना विशेषता अनुसार समाजवाद निर्माणको दिशामा अगाडि बढ्न प्ररणा मिल्ने विश्वास मैले लिएको छु । धन्यवाद !

( सी जिनपिङ विचारधाराबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच छलफल कार्यक्रममा प्रस्तुत अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे बिचार)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com