ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्मुनत समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका अग्रणी–  राष्ट्रपति भण्डारी


एबीसी न्यूज
आश्विन ६, २०७६ सोमबार  ८ : ३९ बजे

काठमाडौं, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मुनत समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले जिम्मेवार र मर्यादित प्रेसले मात्रै समृद्ध र समुन्नत समाज निर्माणका लागि महत्वपूर्ण योगदान गर्नसक्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले लोकतन्त्र स्थापना र सामाजिक परिवर्तनका लागि प्रेसले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकोमा उच्च प्रशंसा गर्दै तल्लो तहका जनताको आवाज मुखरित गर्न प्रेसले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले स्वतन्त्र प्रेसको अवधारणाले लोकतन्त्र, मानवअधिकार, महिला बालबालिका, शान्ति र सहिष्णुतालाई थप बढावा दिने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले प्रेस क्षेत्र जनतालाई सुसूचित गराउने महत्वपूर्ण माध्यम भएकाले यसबाट गलत सूचना प्रवाह भए सही सूचना प्राप्त गर्ने नागरिकको हक कुण्ठित हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिनसमेत आग्रह गर्नुभयो ।

स्वतन्त्र प्रेसको लक्ष्य समुन्नत समाज निर्माण गर्ने नै भएको सन्दर्भमा वर्तमान सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न राज्यको चौथो अङ्गको रूपमा रहेको सञ्चार क्षेत्रले पनि महत्वपूर्ण योगदान गर्ने उहाँको भनाइ थियो । वर्तमान विश्वसामु रहेका अवसर र चुनौतीलाई सम्बोधन गर्न आमसञ्चार जगत्को ठूलो जिम्मेवारी थपिएको महसुस आफूले गरेको उहाँले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले तीव्ररूपमा भइरहेको जलवायु परिवर्तन र वातावरण असन्तुलनले प्राकृतिक प्रकोप बढेर जनधनको क्षति हुन पुगेको विषयलाई समेत प्रमुख प्राथमिकतामा राखेर हेर्न सञ्चार जगत्लाई आग्रह गर्नुभयो । उहाँले सो अवसरमा प्रेस काउन्सिल स्थापना गर्न र आजको अवस्थासम्म ल्याउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पत्रकारिता विगतमा अनेकन रूपमा अगाडि बढ्दै आएको भए पनि पछिल्ला दिनमा वास्तविक पत्रकारिताको दिशामा केन्द्रित रहेको बताउनुभयो । सामाजिक सञ्जाल र मूलधारको पत्रकारिता फरक हो भन्ने बहस भइरहेको उल्लेख गर्दै उहाँले स्वतन्त्रताको सीमा नहुने भए पनि मर्यादाको भने सीमा हुने उल्लेख गर्नुभयो ।

मन्त्री बाँस्कोटाले सरकारले आम सञ्चार ऐन, मिडिया काउन्सिल विधेयकजस्ता महत्वपूर्ण विधेयक ल्याएर यस क्षेत्रको मर्यादा, व्यावसायिकता र आर्थिक सुरक्षाको विषयमा समेत काम गरिरहेको बताउनुभयो । सरकारले स्वतन्त्र प्रेसको बढावाका लागि विज्ञापन विधेयक ल्याइसकेको उल्लेख गर्दै उहाँले व्यावसायिक स्वतन्त्रताबिना स्वतन्त्र प्रेसको परिकल्पनासमेत हुननसक्ने भएकाले त्यसतर्फ सरकार लागेको स्पष्ट पार्नुभयो । मन्त्री बाँस्कोटाले सो विधेयक राष्ट्रपति कार्यालयमा आउने क्रममा रहेको र प्रमाणीकरण भएपछि कार्यान्वयनमा जाने उल्लेख गर्नुभयो ।

सरकारले उज्यालो र सकारात्मकताको यात्रा शुरु गरेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रमले स्वतन्त्र, मर्यादित, विश्वसनीय र व्यावसायिक पत्रकारिताको नयाँ युग शुरु गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले काउन्सिलको भूमिका र आजै सार्वजनिक भएको पत्रकार आचारसंहिताको विषयमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com