ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहाना प्रधान अगुवा नेता– अध्यक्ष ‘प्रचण्ड’


एबीसी न्यूज

काठमाडौं, ६ असोज  । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेका बताउनुभएको छ । पाँचौँ सहाना स्मृति दिवसका अवसरमा सहाना प्रधान प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उहाँले प्रधानले गरेका योगदानका धेरै पक्ष रहेका बताउनुभयो ।

“समग्रमा उहाँ नेपाली कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलनको एउटा अग्रणी नेता हुनुहुन्थो”, उहाँले भन्नुभयो, “उहाँ नेपाली समाजको नेपाली रुपान्तरण र राजनीतिकलाई नेतृत्व गर्ने अगुवा नेताका रुपमा रहनुहुन्थ्यो ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले प्रधानजस्तो राजनीतिज्ञ, राणाशाही र तानाशाहीका विरुद्ध जीवनभर धेरै खालका अप्ठ्याराको सामन गरेर सङ्घर्ष गर्ने नेतालाई सम्मान गर्दा आदर्शका कुरा भुल्न नहुने बताउनुभयो ।

उहाँले पुष्पलालले नेपाली समाज र माक्सवादको राम्रो विश्लेषण गरेर पार्टी स्थापना गरी अगुवाइ गर्दै स्थापना गरेको कम्युनिष्ट पार्टीबाट नै नेपालमा क्रान्ति र परिवर्तनको प्रक्रियालाई शुरु गरिएको उल्लेख गर्नुभयो । उहाँले पुष्पलाल र प्रधानलगायत पुराना पुस्ताका धेरै नेताले त्याग, तपस्या, निष्ठा, मिहिनेतको जीवन व्यतित गरे पनि व्यक्तिगत पद प्रतिष्ठा, फाइदाका निम्ति क्रान्तिलाई प्रयोग नगरेका बताउनुभयो ।

“नाम त अहिले कम्युनिष्ट नै छ, के साँच्चै कम्युनिष्ट नै छौँ त अहिले रु भन्न त हामीले समाजवादको यात्रा शुरु गर्ने भनेका छौँ, के हामीले समाजवादको यात्राका निम्ति योद्धा जस्तै छौँ त हामी रु या हामी बिस्तारै काङ्ग्रेस जस्ता र हिजोका निरङ्कुशतावादी जस्तै पद र प्रतिष्ठाका निम्ति लागेको छाँै”, अध्यक्ष दाहालले भन्नुभयो । हिजोका तानाशाहले पनि विकासको मूल फुटाउने कुरा गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भन्ने ठूलो कुरा होइन, ठूलो कुरा गर्ने भन्ने हो, हामीले के गर्ने भन्ने कुराको अर्थ र महत्व छ, हामीले के भन्छाँै भन्ने त्यति अर्थ छैन ।”

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधान कम्युनिष्ट आन्दोलन, महिला मुक्ति आन्दोलन, महिलाले पनि पढ्न पाउनुपर्दछ भनेर सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले पुष्पलालको निधनपछि प्रधानले पार्टीको अगुवाइ गरेको स्मरण गर्दै उहाँको योगदान अमर र अजर रहेको उल्लेख गर्नुभयो । उहाँले पार्टीमा अझै पनि महिलाको सन्तुलन कायम गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले कम्युनिष्ट बनाउनमा उहाँको दृढता र दृष्टिकोण व्यापकता रहेको बताउनुभयो । अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले राजनीतिक र महिला आन्दोलनको अद्वितीय नेताका रुपमा प्रधान रहेका बताउनुभयो । उहाँले प्रधानले कहिल्यै व्यक्तिगत स्वार्थमा नलागी जनता र महिला मुक्तिका लागि त्याग र तपस्या गरेको बताउनुभयो ।

उहाँले पार्टीमा अझै पनि महिलाप्रति न्याय हुन नसकेको भन्दै पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला पु¥याउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रधानका छोरा उमेशलाल श्रेष्ठले आमाको योगदानलाई पार्टीले एक वर्षमा सम्झने गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानका विचारलाई पार्टीले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । विसं १९८४ मा जन्मिनुभएका प्रधानको आजैका दिन विसं २०७१ मा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com