ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहाना प्रधानको स्मृति दिवस आज, उहाँको सम्झनामा सोमबार विभिन्न कार्यक्रम गरिँदै


एबीसी न्यूज
६ आश्विन २०७६, सोमबार   १२ : १०   बजे


काठमाडौं, ६ असोज  ।    तत्कालीन एमालेकी नेतृ सहाना प्रधानको स्मृति दिवस । महिलाले पनि पुरुष सरह अधिकार पाउनुपर्छ भन्ने अभियानबाट राजनितिक यात्रा सुरु गरेकी सहाना २०४६ सालको जनआन्दोलनमा संयुक्त बाममोर्चाको संयोजक हुनुहुन्थ्यो ।

सहाना प्रधानको २०७१ साल असोज ६ गते काठमाण्डौको बयोधा अस्पतालमा निधन भएको थियो । उहाँको सम्झनामा सोमबार विभिन्न कार्यक्रम गरिँदैछ ।

प्रधान २००९ सालमा नेपालबाट स्नातक तहको परीक्षा दिने ७२ जना परीक्षार्र्थी मध्ये एकमात्र महिला हुनुहुन्थ्यो ।

नेपाली महिला आन्दोलन, नागरिक अधिकार, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको एउटा मियो भएर काम गर्नुभएकी सहाना प्रधानको जन्म काठमाण्डौको असनमा भएको हो । मध्यमवर्गीय व्यापारी परिवारमा उहाँ विसं १९८४ साल असार ३ गते जन्मनुभएको थियो ।

२००४ साल वैशाख १७ गते पहिलोपटक संगठित रुपमा राणा विरोधी नारा लगाउने चार जना महिलामा उहाँ पनि हुनुहुन्थ्यो । त्यसपछि उहाँ पक्राउ पर्नुभयो । महिलालाई शिक्षा दिलाउन १५ दिन आमरण अनसन बसेपछि तत्कालीन प्रधानमन्त्री पद्म शमशेर सहानासित झुके र महिलाले पनि पढ्न पाउने आश्वासन दिए । २००५ मा भाइसँगै लखनउ गएर आईए पढेपछि २००७ सालमा नेपाल फर्कनुभयो । त्यसपछि काठमाण्डौको कन्यामन्दिर, शान्ति निकुञ्ज र सीताराम हाइस्कूलमा पढाउनुभयो ।

त्यसपछि उहाँ कम्युनिष्ट पार्टीमा काम समेत थाल्नुभयो । २००८ सालमा जिल्ला कमिटी र २००९ सालमा अञ्चल कमिटीको जिम्मेवारी लिनुभयो । २००९ सालमा पुष्पलाल श्रेष्ठसँग उहाँको विवाह भयो ।

२०३५ सालमा पुष्पलालको निधनपछि पुष्पलाल समूहको नेतृत्वको पार्टीमा उहाँ प्रवक्ता हुनुहुन्थ्यो । २०४३ मा नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादीको सचिव हुनुभयो । जनआन्दोलन २०४६ मा उहाँले बाममोर्चाको अध्यक्ष भएर आन्दोलन हाँक्नुभयो ।

२०४८ र २०५१ को आम निर्वाचनमा उहाँ प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । २०४६ सालको राजनीतिक परिवर्तनपछि उहाँ पटकपटक मन्त्री पनि हुनुभयो । पार्टीले सञ्चालन गरेको आन्दोलनमा मात्र होइन, महिला अधिकारको आवाज उठाउनुपर्दा उहाँ आफैँ मोर्चाको अग्रपंक्तिमा उभिनुहुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu