ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारीमा विषादीको जोखिम कति? विषादीको असर खेप्ने उपभोक्ता नै हुन् (भिडियोसहित)


एबीसी न्यूज
आश्विन ५, २०७६ आईतबार  २ : ३२ बजे

काठमाडौं, ५ असोज । कृषिमा आत्मनिर्भर हुन नसक्दा विशेषगरी भारत लगायतका मुलुकबाट स्वदेश भित्रिएका खाद्यवस्तु, तरकारी तथा फलफुलजन्य उत्पादन स्वस्थकर हुन्छन् या हुदैनन् भन्ने विषय गम्भिर छ । विषादीको परीक्षण बिना उपभोगमा आईरहेका तरकारीबाट मानवस्वास्थ्यमा प्रत्यक्ष असर पुगिरहेको छ । सरुवा रोग, हानिकारक किटाणुहरुको नाश गर्न व्यवसायिक कृषि अप्नाईरहेका विकसित देशहरुमा पनि विषादी प्रयोग गरिन्छ तर, नेपालमा भने विषादीको प्रयोग गर्न नजानेकै कारण पनि विविध समस्या निम्तिरहेको विज्ञहरु बताँउछन् ।

नेपालको अर्थतन्त्र कृषिप्रधान अर्थतन्त्र हो । परम्परागत आर्थिक आधारका रुपमा रहेको कृषि क्षेत्रमा ६३.५ प्रतिशतभन्दा बढी श्रमशक्ति आधारित रहेको तथ्यांक छ । यति ठूलो श्रमशक्ति संलग्न भए तापनि कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा भने लगभग ३० प्रतिशतको हाराहारीमा मात्रै योगदान गरिरहेको छ । जीडीपीमा योगदानको यो प्रतिशत संलग्न जनशक्तिको अनुपातमा एकदमै न्यून हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार कालीमाटीमा दैनिक करिब ८ सय टन तरकारी आयात हुन्छ । जसमध्ये ४४ प्रतिशत भारतबाट भित्रिन्छ ।

भारतबाटै आउने तरकारी र फलफूलमै सबैभन्दा बढी विषादी देखिने गरेको कालीमाटी तरकारी बजार परीक्षण केन्द्रले बताउदै आएको छ । नेपालमा ३ सय ९६ ग्राम प्रति हेक्टरका दरले विषादी प्रयोग भएको छ । दक्षिण एसियामा नै सबैभन्दा कम विषादी प्रयोग गर्ने देश नेपाल रहेको अधययनहरुले देखाएको छ । नागरिकको औसत आयु ८० वर्ष रहेको मुलुकमा पनि प्रतिहेक्टर १६ किलो विषादी प्रयोग गरिएको एक विज्ञ बताउँछन् ।

बालीनालीमा लाग्ने किरा लगायत माटोको अवस्था र वातावरणमा पछिसम्म पर्ने असरका बारेमा अध्ययन अनुसन्धान गरेर नै किसानहरुलाई विषादीहरु वितरण गरिएको विषादी व्यवसायी महासंघका महासचिव रामचन्द्र कार्की बताउछन् । किसानले आफूले चाहेअनुरुप विषादीको प्रयोग गर्न पाउँदैनन्, सोही अनुरुप मात्रा तोकेर विषादीको बिक्रि वितरण हुन्छ । तर, १ एम.एल. विषादी हाल्ने ठाउँमा किसानहरुले २, ३ एम.एल. हालेकै कारण यसले असर गरिरहेको कार्कि बताउछन् ।

नेपालमा कृषिजन्य सामाग्रीको उत्पादन हुन नसक्दा भारत, चीनलगायत अस्ट्रेलिया र भियतनामबाट समेत आयात गरिरहनुपरेको छ । नेपाली किसानहरु सजग र सचेत भएर कृषि क्षेत्रमा लागेको खण्डमा शतप्रतिशत गुणस्तरीय स्वदेशी उत्पादन उपभोग गर्न सकिने उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।  विषादीको असर खेप्ने भनेको उपभोग गर्ने उपभोक्ता नै हुन् । त्यसैले तरकारी तथा फलफूल खरिद गर्दा उपभोक्ता पनि सजग हुुनुपर्छ । तर, दिर्घकालिन समाधानका लागि भने, स्वदेशी उत्पादनमा जोड गरिनुपर्छ भने, उचित विषादीको प्रयोगभन्दा पनि अर्गानिक कृषि खेतीमा बल गर्न सके उच्चतम लाभ लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com