ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४० करोडको लागतमा मौलिक संस्कृति झल्किने गरी बन्दै प्रधानमन्त्री निवास


एबीसी न्यूज
२ आश्विन २०७६, बिहिबार   ६ : ०९   बजे

काठमाडौँ, २ असोज । मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास मौलिक संस्कृति र परम्परा झल्कने गरी निर्माण हुने भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा केही भवन भत्काएर आधुनिक प्रविधिसहित वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने र मौलक परम्परा झल्किने गरी भवन बन्न लागेको हो । निजी आवासका लागि र सार्वजनिक प्रयोजनका लागि दुई छुट्टाछुट्टैरुपमा बन्ने भवनको कन्टेक प्रालि नक्सालले निर्माणको जिम्मा लिएको छ । भवन दुई वर्षमा सक्ने योजना छ ।

दुई रोपनी क्षेत्रफलमा बन्ने पहिलो भवन नौ महीनामा र दोस्रो भवन १५ महीनामा सक्ने लक्ष्य रहेको र यसका लागि झण्डै रु ४० करोड लागत लाग्ने विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिनुभयो । “मौलिक परम्परा झल्कने गरी काठमा बुट्टा कुँदेर झ्याल, ढोका बनाइनेछ, काठको बाल्कुनेसमेत आकर्षक हुन्छ, इँटाको प्रयोग सोहीअनुसार हुनेछ, समग्रमा हाम्रो परम्परा र संस्कृति झल्कने गरी भवन निर्माण हुन्छ”, गेलालले भन्नुभयो ।

आधुनिक प्रविधियुक्त बनाइने र आकस्मिक मन्त्रिपरिषद्समेत बस्न सक्ने गरी भवन निर्माण हुनेछ । उहाँबाट प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न सक्ने अडियो भिडियोसहितको स्टुडियो पनि बनाइने विभागले जनाएको छ ।

प्रधानमन्त्री निवास यसअघि पटकपटक गरेर बनाइएको थियो । पहिलो चरणमा उत्तरखण्ड र दोस्रो चरणमा दक्षिणखण्डको भवन बनेको थियो । निरङ्कुश राजतन्त्रको बेलामा भवन बनाइएको थियो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यासका क्रममा निरङ्कुश राजतन्त्रको बेलामा विगतमा जनताद्वारा निर्वाचित जनप्रतिनिधि कमजोर र अव्यवस्थित क्षेत्रमा बस्नुपर्छ भनेर नेपालमा धेरै दरबार बनिसकेपछि प्रधानमन्त्रीका लागि सामान्य घर बनाइएको बताउनुभयो ।

जसमा प्रधानमन्त्रीका लागि आवश्यक कुनै पनि पुर्वाधार थिएन । “भुइँतलामा तीन कोठा र माथि तीन कोठा मात्रै थिए, अतिथि सत्कार र बैठक कक्ष कुनै थिएन, त्यो विस्तार गर्दा पनि उपयुक्त ढङ्गको थिएन”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

यसपाली काठको बुट्टा कँुदेर आकर्षक झ्याल बनाइनेछ । इँट्टा पनि मौलिक संस्कृतिसँग मिल्ने गरी प्रयोग गरिने र बाल्कुने बनाएर नेपाली पन झल्कने गरी डिजाइन गरिएको विभागले जनाएको छ ।

एउटा भवन प्रधानमन्त्रीको नितान्त निजी प्रयोजनका लागि र अर्को भवन सार्वजनिक प्रयोजनका लागि हुनेछ । सार्वजनिक भवन राजनीतिक, कूटनीतिक संवाद तथा सर्वसाधारणसँगको भेटघाटका लागि प्रयोग हुनेछ ।

सार्वजनिक भवनको भुइँतलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषद्को आकस्मिक बैठक कक्ष, चालिस जनासम्मले खान मिल्ने डाइनिङ हल, किचेन, कम्युनिकेशन सेन्टर, सुरक्षाकर्मीको नियन्त्रण कक्ष, एडिसी कक्ष, गोप्य कोठा, प्रतीक्षा कक्ष हुनेछ । पहिलो तलामा सर्वसाधारण भेटघाट कक्ष, भोजन गर्न मिल्ने बैंक्वेट, दुई प्रतिक्षा कक्ष, होल्डिङ कक्ष, पिए बस्ने र प्रधानमन्त्रीको ग्यालरी कक्ष, शैलुन, डाक्टर कक्ष र डेन्टलसहितको नौ युनिट रहनेछ ।

दोस्रो तलामा प्रधानमन्त्रीको कार्यकक्ष, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न मिल्ने अडियो भिडियोसहितको स्टुडियो, बगैँचासहितको लवी गरी १२ युनिट रहनेछ । सार्वजनक भवनको भुइँ तलामा १४ कार्यकक्ष रहेछ । भुइँतला अति विशिष्ट व्यक्तिसँगको भेटघाटका लागि छुट्याइनेछ ।

निजी निवास पूर्णतया व्यक्तिगत प्रयोजनका लागि हुनेछ । भुइँ तलामा गेष्ट रुमसहित १० युनिट, पहिलो तला पारिवारिक आवासका लागि बाल्कुनेसहितको १५ युनिट रहनेछ । दोस्रो तला अति विशिष्ट पाहुनालगायतका लागि गरी ११ युनिटको हुने विभागले जनाएको छ ।

अहिलेको सरकारी निवास समयानुुकूल आवश्यकता परिपूर्ति गर्ने खालको नभएको र सुरक्षाका हिसाबलेसमेत उपयुक्त नभएकाले आधुनिक भवन निर्माण गर्न लागेको शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताउनुभयो ।

सरकराले हिजो मात्रै संसद् भवनको शिलान्यास गरेको थियो । अहिले धेरै भवनको शिलान्यास भएको र प्रधानमन्त्री ओलीको कार्यकालको अन्त्यसम्ममा सबै भवन उद्घाटन गर्ने गरी योजना बनाइएको उहाँले बताउनुभयो ।

अर्को हप्ता प्रदेश प्रमुखको निवासको शिलान्यास गर्ने कार्यक्रम रहेको जानकारी दिँदै सचिव अधिकारीले मुलुकको समृद्धिको सपना साकार पार्र्ने चरणमा सरकार अगाडि बढेको र कतिपय निर्माण समयमै र समयअघि नै सम्पन्न गरेकोसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu