ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार वर्षअघि लगाइएको सडकको ठेक्का भएन कार्यान्वयन


एबीसी न्यूज
भाद्र ३१, २०७६ मंगलबार  ८ : १३ बजे

काठमाडौं, ३१ भदौ । सङ्घीय सरकारले कालोपत्रसहित सडक स्तरोन्नतिका लागि चार वर्षअघि नै बोलपत्र आह्वान गरे पनि काम हुन सकेको छैन । गोकर्ण–माइतीनेपाल–भीमदेव–पाखाथोक सडक कालोपत्रका लागि विसं २०७२ मै डिभिजन सडक कार्यालय मीनभवनले ठेक्का लगाएको थियो ।

तीन पटक म्याद थपे पनि बजेट नभएको भन्दै काम हुन सकेको छैन । सडक स्तरोन्नति नहुँदा धान रोप्ने खेतको गराजस्तो भएपछि गोकर्णेश्वर नगरपालिकाले रु १८ लाख खर्च गरेर खाल्डाखुल्डी पुर्न थालेको छ ।

स्थानीयवासी श्रीकृष्ण ज्योति सडकमा सवारी चलाउन त परैको कुरा पैदल हिँड्नसम्म नसकिने भएपछि नगरपालिकालाई अनुरोध गरेर चाडबाडअघि मर्मतसम्भारको काम गर्न लगाएको बताउनुहुन्छ । दुई निकायले एउटै सडकमा बजेट खर्च गर्दा कामभन्दा बजेट सक्ने खेल हुनसक्छ ।

डिभिजन कार्यालयले करीब पाँच किमीको यो सडकमा रु १० करोडमा ठेक्का लगाएको थियो । ठेक्का लगाए पनि बिग्रिएको सडक नहेरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका थिए । गत हप्ता नगर प्रमुख सन्तोष चालिसेको लिखित अनुरोधमा सडक मिलाउन पुगेको ग्रेडर काम नगरी फर्किएको स्थानीयवासीले सुनाए ।

निर्माणको जिम्मा पाएको सिएम विशाला निर्माण कम्पनीका प्रबन्ध निर्देशक विष्णुभाइ श्रेष्ठ आफूले रु दुई करोड ९४ लाखको काम सम्पन्न गरे पनि रु ९४ लाख भुक्तानी नै नदिएपछि त्यसअघिको काम गर्न नसक्दा सडक अलपत्र बनेको बताउनुहुन्छ । “डिभिजन कार्यालयमा पटकपटक बजेट माग गर्दा छैन भनेर दिँदैनन्, यस्ता योजना प्रदेशअन्तर्गत गइसक्यो भन्छन्, फाइल भने प्रदेश कार्यालयमा पठाउँदैनन्, म स्थानीयवासी पनि भएकाले काम गरेन भनी गाउँलेले पनि गाली गर्छन्, गुनासो कहाँ राख्ने रु उस्तै परे कालोसूचीमा राखिदिन्छन्”, उहाँले भन्नुभयो ।

यस सम्बन्धमा डिभिजन कार्यालय प्रमुख कैलाश श्रेष्ठले यसबारेमा आफूलाई थाहा नभएको सुनाउनुभयो । ठेक्का लगाउने निकायले अलपत्र छोडेपछि सडकको दूरावस्थाका बारेमा गुनासो लिएर स्थानीयवासी आएकाले मर्मत गर्न बजेट विनियोजन गरेको नगर प्रमुख चालिसेले बताउनुभयो । पटकपटक ठेक्का लगाएको सडक मर्मतसम्भार गरभन्दा पनि डिभिजन कार्यालयले स्थानीय सरकारलाई नटेरेको उहाँले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com