ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलामको चिया : न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले


एबीसी न्यूज
भाद्र ३१, २०७६ मंगलबार  २ : ४२ बजे

काठमाडौं, ३१ भदौ । राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत हुनुहुन्छ । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् ।

पिठ्यूँमा डोको र थाप्लोमा डोको अड्याउन प्रयोग भएको नाम्लो भिर्नुभएकी दर्जीका हात चियाका मुन्टा टिप्नमा नै व्यस्त हुन्छन् । पर्यटक आउँछन् र केही सोध्छन् । आँखा पर्यटकतिर गए पनि हातले काम बिसाउने फुर्सद हुँदैन दर्जीमा । २०४१ सालबाट चिया बगानमा कार्यरत दर्जीलाई न शनिबार लाग्छ न सार्वजनिक बिदाले छुन्छ । “के गर्नु बाँच्नका लागि केही त गर्नै पर्दो रहेछ”, दर्जीले राससलाई भन्नुभयो ।

बिहानको झिसमिसेबाट चिया कमानमा आउनु हुने दर्जी बेलुका आँखाले भ्याएसम्म कन्याम चिया बगानमा नै चिया टिप्न व्यस्त हुनुहुन्छ, यतिबेला । सँगै काम गर्ने खिना बस्नेतको पनि दैनिकी उसै गरी बित्छ । बस्नेतले चिया बगानमा काम गरेको पाँच वर्ष बित्यो । बिहान उठेदेखि घरको सामान्य काम गरेर बगानमा आउनु हुने उहाँहरु अबेलासम्म नै काम गर्नुहुन्छ ।

खिना र राधाजस्ता ६१ जना कन्याम चिया बगानमा काम गर्ने मजदूरको दैनिकी प्रायः उस्तै गरी बित्छ । चिया टिप्ने, टिपेको चिया कारखानासम्म पु¥याउने र चिया टिप्ने मजदूरलाई निरीक्षण गर्नेसम्मका काम पर्छन्, उहाँहरुको । मजदूरको हाजिरी उठाउने, उठाएको हाजिरी र टिपेको चियाको विवरण बडाहाकिमसम्म पु¥याउने काम बगानमा कार्यरत मजदूर स्वयंले नै गर्ने गर्छन् । ती सबै काम फरक फरक मजदूरलाई गर्नुपर्दछ । अर्थात् सबै मजदूरको आ–आफ्नै जिम्मेवारी छ चियाबगानभित्र ।

खान लाउन र छोराछोरी पढाउन यसै कमाइले मात्र सम्भव नभएको मजदूर बस्नेतले बताउनुभयो । उहाँका अनुसार परिवारका अन्य सदस्यले अन्य काम गर्नुहुन्छ । मजदूरले चिया टिप्ने र उनीहरुकोे निगरानी गर्ने जिम्मा मजदूरभित्रकै नाइकेलाई दिइएको छ । नाइकेले चिया टिप्नु पर्दैन, उनको संवाद सोझै कारखानाका छोटा हाकिमदेखि बडाहाकिमसम्म हुन्छ ।

उनीहरु बिहानैदेखि बेलुका अबेरसम्म चिया बगानमा नै भेट्टिन्छन् । बिहान चाँडैदेखि बेलुका अबेरसम्म चिया बगानमा काम गर्नुको कारण दैनिक १८ किलो चिया टिप्नुपर्ने बाध्यता हो । मजदूरले दैनिक १८ किलो हरियो चिया नटिपे कारवाही हुन्छ । बढी टिपे पुरस्कारको व्यवस्था छ । दैनिक १८ किलो चिया टिप्ने मजदूरले दैनिक रु ३८५ पाउने प्रावधान छ । यदि १८ किलोभन्दा माथि चिया टिपे प्रतिकिलो रु आठका दरले पारिश्रमिक बढ्छ तर दैनिक १८ किलो चिया नपिटे दैनिक ज्यालामा उसैगरी दैनिक नै प्रतिकिलो रु आठका दरले घट्दै जान्छ ।

यो ज्याला कन्याम चिया बगानमा कार्यरत मजदूरको मात्र नभएर इलाम र झापाका सरकारी सात वटा चिया बगानमा कार्यरत मजदूरको हो । काममा नआए दैनिक हाजिरी नहुने र ज्याला नपाउने गरेको मजदूरको भनाइ छ । निजी चिया बगानमा भने फरक फरक मूल्य छ । निजी चिया बगानका मजदूरसँग सम्झौता गरेर आफुखुशी मूल्य निर्धारण गरिएको छ तर सूयोदय नगरपालिकाभित्रका चिया बगानले भने मूल्य सामूहिकरुपमा नै निर्धारण गरेका छन् । सूर्योदय नगरपालिकाभित्रका निजी चिया कारखानाको छाता सङ्गठन सूर्योदय टि एशोसिएशन प्रालिमा दर्ता भएका ५३ वटा चिया कारखानाले सरकारले तोकेकै रेटमा मजदूरलाई भुक्तानी दिइरहेका छन् तर जिल्लाका अन्य कारखाना तथा चिया बगानका मालिकले मजदूरलाई चित्त बुझाएर काम लगाएका छन् ।

चिया बगानअनुसार घटी र बढी चिया टिप्न सकिन्छ । बढी चिया पलाउने ठाउँमा हँसिया र कैँचीले पनि चिया टिप्ने गरिन्छ । हँसिया र कैचीले चिया टिपे पुनः ज्याला घट्ने गरेको छ । अर्थात् हाँसिया र कैचीको प्रयोग गरे दैनिक १० किलो बढी चिया टिपे मात्र न्यूनतम रु ३८५ ज्याला कायम हुने गरेको छ । हँसिया र कैचीको प्रयोग गरेर चिया टिपे दैनिक २८ किलो चिया टिप्नुपर्ने हुन्छ ।

सरकारी चिया बगानका मजदूरको ज्याला उहाँहरुको आन्दोलनका कारण बढेको हो । मजदूरले यसै सिजनको शुरुमा ५० दिन आन्दोलन गरेर यो ज्याला कायम गराउनुभएको हो । त्यसअघि उहाँहरुले दैनिक रु २६५ मा काम गर्दै आएका थिए । हाल ज्यालामा सन्तुष्ट मजदूरले आन्दोलन गरेर नै यो उपलब्धि हात पारेको बताएका छन् । पटक पटक भएको सम्झौता भने कार्यान्वयन नहुने गरेको भन्दै चिन्ता भने छ, उनीहरुमा । हाल उनीहरुले बढेकै ज्याला पाउन थालेका छन् तर आन्दोलन पछि भएको सम्झौतामा भने गएको वर्षअर्थात् ०७४ साल साउन शुरुबाट नै हाल कायम भएको ज्याला लिने÷दिने सम्झौता भएको छ तर गएको वर्षको ज्याला कारखानाबाट तीन किस्ता गरेर दिने सम्झौतापत्रमा उल्लेख छ ।

मजदूरले सो बेला पाउने दैनिक रु २६५ भने पाएका छन् तर सोभन्दा माथि दैनिक रु ३८५ भएपछि बढेको पैसा भने कारखानाबाट लिन बाँकी रहेको मजदूरको भनाइ छ । बढेको ज्याला कार्यान्वयन हुन्छ या हुँदैन भन्ने चिन्ता भने उनीहरुमा अझै पनि छ । “तीन किस्ता गरेर दिने भनेको ज्याला अझै पाइएको छैन, दशैँ आउनै लाग्यो”, चिया मजदूर खिना बस्नेतले भन्नुभयो । चियाको टिपाइ चैत अन्तिमदेखि कात्तिक अन्तिमसम्म हुने गरेको छ । यहाँ कार्यरत मजदूरले भने १२ महीनानै काम गर्नुपर्दछ । चिया पलाउन छोडेपछि चिया छाँटकाँट गर्ने, चिया गोडमेल गर्ने, मल लगाउने, काटिएका चियाका झिक्रा पन्छाउनेलगायतका काम यही कार्यरत मजदूरले हिउँदका समयमा गर्नुपर्ने हुन्छ । उहाँहरुले सो बेला निश्चित ज्याला ९३८५० मा काम गर्नुपर्ने हुन्छ । सो बेला थप काम गर्नु नपर्ने भएकाले थप रकमसमेत नपाइने गरेको मजदूरको भनाइ छ ।

सरकारी चिया बगान सङ्घाइ ग्रुपले लिजमा लिएको छ । ५० वर्षका लागि लिजमा लिएको सो ग्रुपले नै मजदूरलाई काम लगाइरहेको छ । २०५१ सालबाट कन्याम चिया बगानमा नै कार्यरत मजदूर भेषकुमारी राईले दुई वर्ष पछिदेखि नाइकेको जिम्मेवारी पाउनुभएको छ । नाइके राईका अनुसार चिया बगानमा कार्यरत मजदूरले मुख्य सिजनमा दैनिक ३५ किलोदेखि १०० किलोसम्म चिया टिप्ने गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com