ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौ उपत्यकामा पानीको अभाव टार्ने उत्तम विकल्प रेन वाटर हार्भेस्टिङ (भिडियोसहित)


एबीसी न्यूज
भाद्र २९, २०७६ आईतबार  १२ : ०० बजे

काठमाडौं, २९ भदौ । जथाभावी भौतिक संरचना निर्माणले आकाशको पानी जमिनमुनि चार्ज नहुने तर जमिनको पानी जथाभावी निकाल्ने गर्दा पानीको संकट बढ्दै गएको छ । जमिनले पानी नसोस्ने हुदा राजधानीमा पनि बाढीको समस्या वर्षेनी आउछ, भने अर्काेतिर वर्षेनी पानीको हाहाकार हुदै आएको छ । राजधानीमा पानीको समस्या हल गर्न वैकल्पिक उपाय आकाशे पानीको संकलन नै उत्तम हुने विज्ञहरुको सुझाव छ ।

काठमाडौ उपत्यकामा जनसंखयाको बढ्दो चाप छ । बढ्दो र अव्यवस्थित शहरीकरणले जमिन कंक्रीट बन्दै गएको छ । कंक्रीटका कारण आकाशबाट परेको पानी जमिनमुनि पुग्दैन । पानीको माग पुरा गर्न जमिन मुनिबाट पानी निकालिदै पनि आएको छ । तर आकाशको पानी जमिन मुनि रिचार्ज हुन नपाउदा ईनार कुवा लगायत पानीका श्रोतहरु सुक्दै गईरहेको छन् । अतिवृष्टीले बाढी र अनावृटिले पानीको अभाव हुदै आएको छ । जमिन कंक्रीट बन्दै गएपछि पानीको माग पुरा गर्न समस्या थपिदै गएको छ, यस्तो अवस्थामा पानीको माग पुरा गर्न जमिन मुनिबाट पानी निकाल्नु भन्दा पनि रेन वाटर हार्भेस्टिङ सिस्टम सबै भन्दा उत्तम विधि हुने विज्ञहरु सुझाउछन् ।

पहिले पहिले घरको फोहोर घरमै पुनः प्रयोगमा आउथ्यो । फोहोर कुहाएर खेतबारीमा मलको रुपमा प्रयोग गरिन्थ्यो । तर, अहिले मल पनि बाहिरबाट ल्याउने अनि प्रकृति संरक्षणमा पनि ध्यान नदिने एकोहोरो प्रकृतिको दोहोन तथा सिमेन्टीकरणले पानीको श्रोतहरु बन्द हुदै गएका छन् ।

त्यसो त मेलम्चीको पानी आएको खण्डमा काठमाडौंमा धेरै राहत आशा धेरै गरिएको छ । तर, मेलम्चीको पानी पनि वर्षौ देखि आउन सकेको छैन । आएपनि काठमाडौको बद्दो मागलाई पुरा गर्न कठिन छ । २ दशकदेखिको अधुरो आयोजना पुरा कहिले हुने ? पुरा भएपनि पानीको बढ्दो मागलाई पुरा गर्न नसक्ने भएकोले रेन वाटर हार्भेस्टिङ सिस्टम एउटा वैकल्पिक उपाय हुन सक्छ । समुद्र तटमा रहेका विदेशी मुलुकका नागरिकले यो प्रक्रियालाई परापूर्वकाल देखि प्रयोग गर्दै आएका छन् । वर्षात्मा पानीको संकलन गर्न सके, पानीको अभाव पनि कम हुन्छ र जमिनमुनिको पानीको निर्भरता पनि घट्ने विज्ञहरुले बताएका छन् ।

रेन वाटर हार्भेस्टिङ रिचार्ज सँगसँगै ग्राउण्ड वाटर रिचार्ज लाई पनि जोड दिनुपर्ने विषय पनि वहसमा छ । रेन वाटर भन्नाले आकाशको पानी प्रयोग गर्ने हो भने, ग्राउण्ड वाटर रिचार्ज भन्नाले सुख्खा हुदै गईरहेका जमिनमुनिको पानी भर्नु भन्ने बुझिन्छ । यसो गरिएमा बहुआयामिक फाईदा हुन सक्छ यसै विषयमा केन्द्रित भएर योजना विभागले नीति तथा कार्याक्रम अघि बढाउने सरकारी अधिकारी बताउछन् ।

उपत्यकामा लगभग ४० लाख भन्दा बढी मानिसको बसोबास छ । यो जनसंख्यालाई पर्याप्त पानी छैन । उपत्यकाको मुख्य समस्या नै पानी अभाव हो । यस्तो अभावलाई सम्बोधन गर्न रेन हार्भेस्टीङ प्रविधि उपयोगी बन्नेमा दुइमत छैन । पानीका श्रोतहरु ईनार, कुवा, पोखरी र ढुंगेधाराहरु पनि सुकिसकेको अवस्था छ । यस्तो अवस्थामा आकाशे पानी संकलन गरि प्रयोग गर्नु एउटा उत्तम विकल्प हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com