ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सेनाभित्रै सलामीको प्रश्न’


एबीसी न्यूज

काठमाडौं, २७ भदौ । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा ‘सलाम’ नगर्ने र नफर्काउन दुवैथरिलाई कारवाहीको दायरामा ल्याइएको छ । विश्वमै अनुशासित, व्यावसायिक र मर्यादित सेनाको छवि बनाएको नेपाली सेनाभित्र आफूभन्दा माथिल्लो दर्जाकालाई सलाम नगर्ने र तल्लो तहकालाई सलाम नफर्काउने हर्कत देखिएपछि सैनिक प्रहरीले त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको पहिलो एक वर्षको अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित तेस्रो रोलकलमा पछिल्लो समय केही सैनिक व्यक्तिले सलामको हकदारलाई सलाम नगर्ने, बरु देखे–नदेखेझै गर्ने प्रवृृत्ति बढेकामा त्यस्ता सैनिकलाई केही कारवाही हुन्न भनी जिज्ञासा राखेका थिए । प्रधानसेनापतिसहित सकलदर्जा उपस्थित रहेको उक्त कार्यक्रममा जमदार प्रेमबहादुर बस्नेतले भन्नुभयो, “आफ्नो युनिटभन्दा बाहेककालाई सलाम नगर्ने, देखे–नदेखेझैँ गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न केही कदम चाल्नुपर्ने हो कि रु”

जवाफमा सङ्गठन विभागका प्रमुख सुवर्ण शाहले भन्नुभयो, “कुनै पनि सैनिक व्यक्तिले आफूभन्दा ज्येष्ठ सलामीको हकदारलाई सलामी गर्नु उसको कर्तव्य हो, हकदारले पनि सलामी अभिवादनलाई फर्काउनु दायित्व हो, सलामीको हकदारलाई देखे–नदेखेझँै गर्ने प्रवृत्ति हटाउन र सलामीलाई व्यवस्थित गर्न कार्यविधि बनाएर पठाइ सकिएको हुनाले सकल दर्जाले त्यसको अक्षरसः पालना गर्नपर्ने हुन्छ ।”

प्रधानसेनापति थापाको कार्यकाल प्रारम्भपछि त्रैमासिक चौथो रोलकलसम्म आइपुग्दा सलाम नगर्ने, देखे–नदेखेझैँ गर्ने र नफर्काउने २० भन्दा बढी घटनासँगसम्बद्ध व्यक्तिलाई कारवाहीको भागेदार बनाई दण्ड सजाय गरिएको सो अवसरमा जानकारी दिइयो । सङ्गठनभित्रका विकृति र विसङ्गतिको अन्त्य गरी विधि र पद्धति बसाल्ने क्रममा प्रधानसेनापति थापाले पुरस्कार र दण्ड सजायको व्यवस्था, गुनासो सुन्ने र निकास दिने संयन्त्रको विकास, भर्ना छनोट प्रक्रियामा सुधार, आचारसंहिताको पालना, आर्थिक अनुशासनमा कडाइजस्ता कार्यक्रममा जोड दिनुभएको छ ।

सैनिक सङ्गठन निर्देशनालयका अनुसार, एक वर्षको अवधिमा सैनिक ऐनविपरीत कार्य गर्ने एक हजार ११७ लाई कारवाही गरिएको छ । नेपाली सेनाले गुनासा सम्बोधनका लागि नेतृत्व संवाद, सिपाहीका साथ प्रधानसेनापति, प्रधानसेनापतिको त्रैमासिक रोलकल, सिपाहीका साथ कमाण्डर, सिकायत जाँच निर्देशनालय, प्रधानसेनापतिको कार्यालयमा हण्टिङलाइन, सेना प्रमुख सुवेदारको व्यवस्था, महिला सैनिक र सैनिक खेलाडीसँग अन्तरक्रियाजस्ता संयन्त्र विकास गरेको छ ।

राष्ट्रिय सुरक्षाको जग बलियो तुल्याउने, लडाइँ क्षमता सुदृढ बनाउने, सङ्गठन सुधारलाई प्राथमिकतामा राख्ने, सैनिक नीति नियममा समयानुकूल सुधार ल्याउने, पेशागत तालीममा निखार थप्ने, कल्याणकारी कार्यक्रमको पहुँच बढाउने, हरियाली प्रवद्र्धन गर्ने, बन्दोबस्तीको क्षमता बढाउने, हिमाल सफा राख्ने र द्रुतमार्गको कामलाई तीब्र तुल्याउने कामलाई नेपाली सेनाले अहिले प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com