
काठमाडौं, २७ भदौ । सडक सेवा सहजता तथा सडक दुर्घटनालाई न्यूनीकरण गर्न विभिन्न स्थानमा जेब्रा क्रसिङहरु छन् । तर, उपत्यकाको कतिपय जेब्रा क्रसिङहरु मेटिएका अवस्थामा छन्, जसले गर्दा विशेषगरी, भईरहेको अवस्था छ । उपत्यकामा धूलो, हिलो तथा सवारी चापका कारण जेब्रा क्रसिङका रेखाहरु ३ देखि ६ महिना मात्रै टिक्छन् । जसका कारण पनि सडक दुर्घटनामा कमी आउन सकेको छैन ।
नेपालमा वार्षिक सरदर २५ सय मानिसहरुको सवारी दुर्घटनामा परी ज्यान गुम्ने गरेको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्न र सडक प्रयोगकर्ताहरुको सहजताका लागि सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पूर्वाधार लगायत नीति नियम निर्माणको काम हुने गरेको छ । तर, पनि यी यस्ता उपलब्ध श्रोत र साधनको व्यवहारिक र वैज्ञानिक ढंगबाट प्रयोेग हुनु भने चुनौतीको विषय नै बनिरहेको छ । सडक तथा ट्राफिक व्यवस्थापनलाई थप सुध्रिट गर्नका लागि पर्याप्त बजेट छ तर, अधिकतम सदुपयोग हुन नसकिरहेको सडक विभागको कार्यालय प्रमुख राजेन्द्र राज शर्माले बताए ।
देशको केन्द्रविन्दु राजधानीको सडक निकै व्यस्त सडक हो । यहा“का पैदलयात्रु हुन् या सवारी चालक सबै हतार–हतारमै हुन्छन् । व्यस्त जीवनशैली बिताईरहेका राजधानीबासीहरु जुनैसुकै सेवा पनि छिटो र चाडो होस् भन्ने अपेक्षा राख्दछन् । नया“ बानेश्वर नजिकै लगभग ६ मिटरको बाटो काट्नको लागी एउटा लामो आकाशे पुल छ । तर त्यो पुल प्रयोगबिहिन जस्तै बनेको छ । यो आकाशे पुल त्यति प्रयोगमा नआएस“गै यस क्षेत्रको ट्राफिक जाम पहिलेको जस्तै छ । धेरै रुढका निजी तथा सार्वजनिक सवारी साधानहरुका यस स्थानमा चाप भई नै रहन्छ । तसर्थ, सडक पूर्वाधारहरु निर्माण गर्दा व्यवहारिक र वैज्ञानिक ढंगबाट गरिनुपर्छ । यसो गरिएमा मात्रै ट्राफिक क्षेत्रको समस्या समाधान हुन मद्दत पुग्छ ।
नेपालको सन्दर्भमा निजी तथा सार्वजनिक सवारी साधनका चालकहरु पनि त्यति सचेत छैनन् । राजधानीमा अस्थायी रुपमा विभिन्न जिल्लाबाट पनि मानिसहरु आवत्जावत् गरिरहने क्रम दैनिक हुन्छ । यसले गर्दा जेब्रा क्रसिङ बाट नै बाटो काट्नुपर्छ भन्ने सचेतना नभएसम्म यो समस्या समाधान हुन सक्दैन । र जेब्रा क्रसिङ पनि नितान्त पैदल यात्रुहरुको हो । तर, सवारी चालकहरुले जेब्रा क्रसिङमा पनि साधनहरु रोक्ने गर्दैनन् । तसर्थ, सवारी चालक तथा सर्वसाधारणहरुलाई सम्बन्धित पक्षबाटै सचेत बनाउन सक्नुुपर्छ ।
सवारी साधनको पाङ्ग्रामा धूलो, हिलो र सवारी चापका कारण पनि जेब्रा क्रसिङहरु छिट्टै मेटिने गरेको सडक विभागले जनाएको छ । जेब्रा क्रसिङको रेखाहरु पेन्टिङगर्दा हामीले ध्यान कडाईका साथ ध्यान दिएका छौं तर ३ देखि ६ महिनामा नै जेब्रा क्रसिङका लाईनहरु मेटिन्छन् । बृद्धबृद्धालाई आकाशे पुल चढ्न र झर्न पनि गाह्रो हुन्छ । तसर्थ, आगामी दिनमा अन्डर ग्राउण्डबाट पनि उपभाय खोज्न सकिन्छ । यो प्रभावकारी हुन सक्छ, प्रमुख शर्मा बताउ“छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रमुख भीमप्रसाद ढकालले ट्राफिक क्षेत्रको समस्यालाई व्यवस्थापन गर्न सडक विभाग लगायतका सम्बन्धित पक्षहरुस“ग समन्वय गरेर अगाडी बढ्ने बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्