ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बचत सहकारीको सङ्ख्या घटाइन्छ– मन्त्री अर्याल


एबीसी न्यूज
भाद्र २६, २०७६ बिहीबार  ५ : ५३ बजे

काठमाडौँ, २६ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताउनुभएको छ ।

मन्त्री अर्यालले जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकको ५२औँ स्थापना तथा ३८औँ वार्षिक साधारणसभामा उहाँले सहकारीलाई फरक ढङ्गले व्यवस्थित गर्न बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कम गर्ने र कृषिमा आधारित विषयगत सहकारीको सङ्ख्या बढाइने नीति सरकारको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयक सहकारी आवश्यक छ, प्रक्रियागत ढङ्गले सहकारीको सङ्ख्या घटाउने र बढाउने गरिन्छ ।”

मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठूला स्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताउनुभयो । “सरकार सहकारीमा कानूनी बाधक बनेको पनि छैन र बन्दैन पनि, हामी फरक ढङ्गले सहकारीमार्फत विकासका काममा काम गर्ने अभियानमा छौँ”, उहाँले भन्नुभयो । सहकारीकर्मीले पनि सहकारी कानूनमा रहेर सरकारको समृद्धिको यात्रामा साथ दिनुपर्ने उहाँको धारणा थियो ।

मन्त्री अर्यालले सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेका बेला जमीनलाई फरक ढङ्गले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह गर्नुभयो । “सरकारले भू–उपयोग ऐन सरकारले पास गरेको, अब कार्यान्वयनका निम्ति नियमावली बनाउँछ, यसपछि तपाईहरु आफ्नो जमीन आफैँले प्रयोग गर्न लाग्नुहुन्छ”, उहाँले थप्नुभयो, “हामी भूमि व्यवस्थापन नगरी नहुने परिस्थितिमा पनि छौँ, भूमिको बेथिति हटाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन हामी हिम्मतका साथ अगाडि बढेका छौँ, यसमा तपाईहरुले साथ दिनुपर्दछ ।”

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडका अध्यक्ष केशवप्रसाद बडालले सहकारीकर्मी सहकारीको मूल्य–मान्यताअनुसार चल्नुपर्ने बताउँदै वर्तमान सरकार सहकारीमैत्री भएकाले आन्दोलनमा जानु नपर्ने बताउनुभयो । जिल्ला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष विनोद पराजुलीले संस्थाको गतिविधिबारे जानकारी दिँदै लिमिटेडसँग जिल्लास्थित ४७६ वटा सहकारी आबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com