
बुटवल, २६ भदौ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगलागी भएको छ।
कञ्चनपुर बेलौरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा आज बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगलागी भएको हो।
काठमाडौंतर्फ आउँदै गरेको बस दाउन्ने पुगेर बिग्रिएको र यात्रुहरूलाई अर्को गाडीमा राखेर पठाएको थियो। पछि खाली गाडी बिग्रिएर बनाउन लग्ने क्रममा इन्जिन सर्ट भएर आगलागी भएको हो ।








प्रतिक्रिया दिनुहोस्